अर्थतन्त्र

महुली लघुवित्तका सदस्य चौधरीलाई ५ लाख दुर्घटना विमा प्रदान

बृजमान तामाङ /
बिरेन्द्र बजार , ३१ असार ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय महुलीका एक सदस्यलाई दुर्घटना विमा बावतको ५ लाख प्रदान गरिएको छ ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ६ कि विमला कुमारी चौधरीलाई उक्त विमा सुविधा प्रदान गरिएको हो ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेड महुलीका शाखा प्रवन्धक डम्बर नारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले चौधरीलाई पाँच लाखको चेक हस्तान्तरण गरे ।
संस्थामा आबद्ध सदस्य विमलाको श्रीमानको मृत्यु भएले दुर्घटना विमा सुविधा बापत ५ लाख सहयोग उपलब्ध गराएको महुली शाखा प्रबन्धक यादवले जानकारी दिए ।
कार्यक्रममा मानव संसाधन ब्यबस्थापन विभाग प्रमुख रमेश कुमार चौधरी, वडा सदस्य देवकान्त चौधरी, संचारकर्मी लगायतका स्थानीय भर भलदमी, बुद्धिजिविहरुको समेत उपस्थिति रहेको थियो । उक्त अबसरमा विमलाको पतिको मृत आत्माको चिरशान्तीको कामाना गर्दै शोकाकुल परिवारजन प्रती समबेदन समेत प्रकट गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page