काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा आज प्रकाशन तयारी गरेको छ । गत वैशाखमा परीक्षा सञ्चालन भएको एसईई नतिजा आज सार्वजनिक गर्ने तयारी भएको हो ।
यो वर्षको कक्षा १० अर्थात् एसईई परीक्षामा ५ लाख १४ हजार विद्यार्थी सहभागी भएका छन् । जसमा २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र सहभागी छन् । गत ९ देखि २० वैशाखसम्म देशभर एकसाथ २ हजार परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।
यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने छ।
यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ।
नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा http://www.see.gov.np मा गएर आफ्नो सिम्बोल नम्बर राखेर पनि नतिजा थाहा पाउन सकिन्छ।
त्यस्तै अरु विभिन्न माध्यमबाट हेर्न सकिने :- http://www.ekantipur.com http://www.see.edusanjal.com http://www.see.ntc.net.np http://www.neb.gov.np http://www.khalti.com http://www.neemaacademy.com
Add Comment