राजनीति

डाक्नेश्वरी नगरपालिकामा एमाले जनसंगठन समन्वय संयन्त्रको बृहत भेला सम्पन्न

बृजमान तामाङ /
राजविराज, १४ साउन ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शनिबार नेपाल कम्युनिस्ट पार्टी एमालेको सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ स्तरीय जनसंगठन समन्वय संयन्त्रको बृहत भेला सम्पन्न भएको छ ।
दुर्गानन्द ठाकुरको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय सदस्य एवम सप्तरी जिल्ला सह इन्चार्ज राज कुमार लेखीको प्रमुख आतिथ्यमा आगामी निर्वाचनको तयारी गर्नेसहितको महत्वपूर्ण निर्णय गर्दै भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि लेखीले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारीमा जुट्नुपर्नेमा जोड दिए । उनले निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने गरि तयारीमा लाग्न सम्पुर्ण संगठन आबद्ध नेताकार्यकर्तालाई आग्रह गरे । एमाले नेतृत्वमा सरकार गठन नभएसम्म जनताले परिवर्तनको अनुभुति गर्न नपाउने बताउदै एमाले नेता लेखीले सुशासनसहितको समृद्ध नेपाल निर्माणका लागीआगामि निर्वाचनमा एमाले उम्मेदवारहरुको जित सुनिश्चित हुनुपर्ने आबश्यकता औलाए ।

भेलामा नेकपा एमाले मधेश प्रदेश समिति सदस्यहरु अशोक यादव ,महेश चौधरी, आश्रा चौधरी, जिल्ला अध्यक्ष ताराकान्त चौधरी, उपाध्यक्ष अब्दुल मजिद साकिर , सचिब देवनाथ यादव समेतको उपस्थित थियो ।
यसैगरी जिल्ला सदस्य एवम् डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख रामलखन मुखिया, उपप्रमुख मिरा यादव, ओमप्रकाश मण्डल लगायतका सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत नेकपा एमालेका प्रदेश कमिटि सदस्य, जिल्ला कमिटी सदस्य, पालिका पदाधिकारी, जनवर्गिय संगठनका पदाधिकारी, तथा सदस्यहरुको उपस्थित रहेको थियो ।
डाक्नेश्वरी नगरपालिकाको सभाहलमा आयोजित भेलाको संचालन भागवत यादवले गरेका थिए

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page