धर्म संस्कृति

चाँदानी चौकमा कृष्ण जन्माष्टमीको अवसरमा नृत्य प्रतियोगिताको आयोजना

बृजमान तामाङ –
बिरेन्द्र वजार, ४ भदौ ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदानी चौकमा शनिबार कृष्ण जन्माष्टमीको अवसरमा नृत्य प्रतियोगिता आयोजना गरिएको छ । उपहार डिजिटल स्टिडियो महुलीको सहयोगमा चाँदानी चौक वजार व्यवस्थापन समितिले प्रतियोगिता आयोजना गरेको हो ।
बजार व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र कुमार चौधरीको अध्यक्षता तथा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको प्रमुख आतिथ्यमा नृत्य प्रतियोगिता आयोजना भएको थियो ।

प्रतियोगितामा स्थानीय कलाकारहरुले सहभागी जनाएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चौधरी, विशिष्ट अतिथी उपाध्यक्ष कल्पना चौधरी, वडा नम्बर २ का वडा अध्यक्ष पशुपती प्रसाद चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष गोपाल प्रसाद चौधरी, ६ का वडा अध्यक्ष अशोक आचार्य लगायतले नगद सहित शिल्ड, कप, प्रमाणपत्र प्रदान गरे ।
प्रतियोगितामा राधिका चौधरी,काजल चौधरी, निकिता चौधरी,नन्दनी चौधरी, प्रेमशिला मगर, सृष्टि चौधरी, पुनाम तामाङ, कृष्णा हुजदार, दयानन्द खंग, आरवि चौधरी, ऋशिका चौधरी, सोनिसा तामाङ, उर्वसि चौधरी, सुनिता खंगलगायतकाले तृत्य प्रस्तुत गरे ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ९ हजार ६ सय, शिल्ड र प्रमाणपत्र, दोश्रो हुनेलाई नगद १५ सय कप र प्रमाणपत्र र तेस्रो हुनेलाई नगद ७ सय सहित कप प्रमाणपत्र तथा प्रतियोगिता मा सहभागी सबै कलाकारहरुलाई प्रमाणपत्र प्रदान गरिएको बजार व्यवस्थापन समितिले जनाएको छ ।
प्रतियोगितामा अग्निसाईर कृष्णासवरन गाउँपालिका २ का सृष्टि चौधरीले प्रथम, रुपनी गाउँपालिकाका राधिका चौधरीले द्वितीय, शम्भुनाथ नगरपालिका ६ का काजल चौधरीले तृतीय पुरस्कार प्राप्त गरिन । यसैगरी चौथो पुरस्कार निकिता चौधरीले गरिन भने प्रेम शिखा मगर, पुनम तामाङ, कृष्णा हुजदार, आरवी चौधरी, नन्दनी चौधरीले सान्त्वना पुरस्कार प्राप्त गरेकी थिईन ।

स्थानीय सुवास चौधरी र अर्मेन्द्र ठाकुरद्वारा संचालित कार्यक्रममा स्वागत बजार व्यवस्थापन समितिका उपाध्यक्ष श्याम कुमार चौधरीले गरे । प्रतियोगिताको निर्णयका नृत्य निर्देशक विनोद कुमार चौधरी, निरज चौधरी, स्थानीय छोटेलाल चौधरी र सुरेश चौधरी रहेको आयोजकले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page