अर्थतन्त्र समाचार

कञ्चनरुप खानेपानी योजनाको काममा गुणस्तर नभएको आरोप

डम्बर राई –
कञ्चनरुप, भदौ २१ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा अयोजित एकिकृत खानेपानी योजनाको काम सम्झौता बमोजिम नभएको छलफल भएको छ ।
मंगलवार नगरपालिकामा कन्ट्रक्शनका इन्जिनियर हरी नारायण चौधरी, जनक गीरी र सरकारी इन्जिनियर करदेव यादवबीच अहिले सम्म भएका कामको विवरण र गुणस्तरवारे भएको छलफलमा पाइपलाइन तथा पाइपको साइजमा मेजरमेन्ट बमोजिम काम नभएको विभिन्न सेवाग्राही तथा उपभोक्ताहरुले बताए ।
वडा नम्बर ९ मा कतै कतै एक सय २५ एमएमको पाइपको ठाउँमा ५० एमएमको पाइप जडान गरीएको भन्ने कुरा नगरपालिकामा सिकायत भएको आवाज उठेको थियो भने पाइप ओछ्याएर कम्प्याक्शन गरीएको छैन । मेजरमेन्ट अनुसार पाइप ओछ्याएर कम्प्याक्शन गरीनुपर्छ यसो नगरीएकोहुँदा खाल्डो पर्ने साथै जमीन धसेर सडक बाटो नै बिग्रने सम्भावना मात्र नभई यो अवस्था भइसकेको वडा नम्बर ८ का वडा अध्यक्ष कृष्ण साहले बताए ।
आफु नगरप्रमुख भएपछि कन्ट्रक्शनसंग कुरा गर्न र योजनाको वारेमा बुझ्न धेरै पटक बोलाएपछि बल्ल कन्ट्रक्शनका इन्जिनियर, क्षेत्रको र योजना हेर्ने सरकारी इन्जिनियर आएको नगरप्रमुख ललन प्रसाद गुप्ताको गुनासो छ ।
योजनाको काम, क्षेत्र र अहिलेसम्मको कामको विवरण आफुले थाहा नपाएको तर स्थानिय उपभोक्ताबाट कामको गुणस्तर नभएको साथै मेजरमेन्ट अनुसार काम नभएको भन्ने जनआवाज आफु समक्ष आइरहेको नगरप्रमुख गुप्ताको भनाई छ । आफुले योजनाको क्षेत्रभित्र भइरहेको कामको वस्तुस्थिति हेर्दा मुख्य बजार र चौकमा पानीको पोइन्ट नराखिएको साथै सार्वजनिक स्थलहरुमा पनि यस्तो पाइएन हुनुपर्ने हो भन्दै गुप्ताले सल्लाह दिनुभयो ।
योजनाको उपभोक्ता समिति बनेको छ तर समितिले कामको गुणस्तर वारे चासो नदेखाएको सहभागीहरुले महशुस गरेका छन् । यदि समितिले चासो देखाएको भए मेजरमेन्टमा भए अनुसारको काम गराउथ्यो तर प्रोपर समान्य काम कम्प्याक्शन त गराएको छैन । ठेकेदारले के कस्तो काम गर्दै छ ? कामको गुणस्तर र लागत औजार, सामग्रीहरुको प्रयोग ठीक ढंगबाट भएको छ छैन भनेर हेरचाह नगरेको भन्ने आरोप समेत लगाएका छन् ।
एशियाली विकास बैंक (एडिवी) र पालिकाले यो योजनाको काम गर्न दुबै बीच भएको सम्झौतामा कञ्चनपुर बजार, रुपनगर चर्खिया र धरमपुरमा रहेको खानेपानीलाई एकिकृत गरेर ६ वटा वडाका चार हजार चार सय ६४ घरधुरीलाई पानी ख्वाउने उल्लेख रहेको छ ।
कन्सल्टेन्सीका इन्जिनियर हरी नारायण चौधरीको अनुसार एशियाली बैंक –एडिवीले लगानी गर्ने ४४ करोड २९ लाख बाहेक २५ प्रतिशत टिडियस र पाँच प्रतिशत उपभोक्ताले व्यहोर गर्ने योजनाको सम्झौता भएको छ ।
योजना हेर्दै आएका सरकारी इन्जिनियर करदेव यादवको अनुसार यो योजनाको पाइप ओछ्याउने काम ९० किलोमिटर सम्पन्न भइसकेको छ । शर्मा दीवा सगुन कन्ट्रक्शनले योजनाको काम गर्दै आएको छ ।
काम मेजरमेन्ट बमोजिम नै भइरहेको र आफु लगायत समितिले कामको निगरानी गरिरहेको साथै कम्प्याक्शनको काम कतिपय स्थानमा भइसकेको र हुदै गरेको छ उपभोक्ता समितिका अध्यक्ष भुवन बहादुर केसी भन्नुहुन्छ, बर्षातको समय भएर कतिपय गर्नैपर्ने काम हुन सकेको छैन बर्षात पछि सबै हुन्छ अहिले पनि बोरीङ्ग गर्ने काम भइरहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page