राजनीति

सप्तरीलाई धार्मिक पर्यटन क्षेत्र बनाउन एमालेको जोड : युवा नेता भट्टराई

डम्बर राई –
कञ्चनरुप (सप्तरी) ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रिय सचिव तथा पूर्व संस्कृती तथा पर्यटन विकास मन्त्री योगेश भट्टराईले जितिया पर्व थारु समुदायको मात्र नभएर सम्पूर्ण नेपालीको पर्व हो भन्नुभयो ।
सोमवार सप्तरीको कञ्चनरुप नगरपालिका ७ स्थित वलुवाचौकमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नगर कमिटीद्वारा आयोजित जितिया पर्व महोत्सव कार्यक्रमलाई सम्वोधन गर्नुहुदै यस्तो बताउनु भएको हो ।
नेपालमा विभिन्न जातजाती, भाषा, धर्म र सस्कृतीका समुदायहरु छन् र यिनिहरुको आ आफ्नै धर्म, सस्कृती परम्परानुसार पर्व तथा चाडवाड मनाउदै आएकाछन् उहाँले भन्नुभयो, जुन समुदायले जे जस्तो पर्वचाड मनाउदै आएकाछन् त्यसलाई अन्य धर्म, सस्कृतीका समुदायले पनि सम्मान गर्नुपर्दछ । यो देशको इतिहासमा किराँत बंशवाली नेपालको पहिलो, लिच्छवी वंश, मल्लकालिन हुदै आज देश यो अवस्थामा आइपुगेको छ उहाँले भन्नुभयो, आज देश गणतन्त्रमा पुगेको छ र गणतन्त्र भएपछि जनताले सार्वभौमसत्ता प्राप्त गरेकाछन् ।

चाहे राष्ट्रपति होस्, प्रधानमन्त्री वा मन्त्री, स्थानिय तहका वडासदस्य सम्म निर्वाचनबाटै चुनिएर जनताको मतले आउनुपर्ने व्यवस्था लागु भएकाछन् ।
आज पनि मुलुकमा तल्लो, उपल्लो जातीको विभेद पूर्णरुपमा अन्त्य नभएको भट्टराईले बताउनुभयो । गाउँघरमा महिला माथी बोक्सी, डाइनी लगायत हिंसात्मक आरोपको शिकार बन्नपरेको छ । युवाहरु बिदेशको ५० डिग्री भन्दा माथीको तापक्रममा खट्न वाध्य छन् । ऋणको भरमा बिदेश गएर बाँच्न परेको छ यो परिस्थिति र वाध्यता देशमा कसले समाधान गर्नै ? यस्तो प्रश्न उठाउदै समाधानको खोजीमा आजसम्म मुलुक नआएको भट्टराईले दुख व्यक्त गर्नुभयो ।
उहाँले सप्तरीको पूर्वी उत्तरी भेगका जनता कोशीटप्पु वन्यजन्तु आरक्षबाट आउने जंगली जनावरबाट आतंकित भएको गुनासो गर्नुहुदै भन्नुभयो, जनावरबाट हुने आक्रमण र खेतीवालीको उचित क्षतिपूर्तीको व्यवस्था भएको छैन । एमाले सरकारमा हुँदा समस्यालाई बुझेर यसको समाधान तथा रोकथाम गर्ने काम हुदैथियो तर पार्टी सरकारबाट बाहिरिए पछि यो गठबन्धन सरकारले कुनै चासो नै दिएन र गर्दा पनि गर्दैन भट्टराईले ठोकुवा गर्नुभयो ।
गठबन्धन सरकारले आज देशमा जनतालाई सास्ती खेपाउने काम गर्दै आएको उहाँले बताउनुभयो । खाध पदार्थ, डिजल, पेट्रोल, मटीतेल, ग्याँस तथा इन्धन लगायत सबै वस्तुमा मुल्य भाउ बढ्यो तर तपाइको आम्दानी बढ्यो त ? आम्दानी बढेन अनी परीवार कसरी धान्ने ? कृषि उत्पादनले प्रशय पाएन, खाधमलको महामारी चलिरहएको छ ।
तराई मधेश र मधेशीको नाममा हिजो भड्काए तर मधेश र मधेशीको परिवर्तन गर्न सकेन भट्टराईले भन्नुभयो, आज मधेशी जनता औषधी खान नपाएर मर्दैछन्, भोका नाङ्गाहरुले खान लगाउन र आरामको वास पाएका छैनन् । मधेश र मधेशीलाइृ परिवर्तन गर्छाै भन्दै गरेको नारा भड्काउ मात्र थियो नेता भट्टराईले थप्नुभयो ।
उहाँले सप्तरीको कञ्चनरुपमा मदन भण्डारी खेलमैदानको काम एमालेको सरकारले सुरुवात गरेको जानकारी गराउनुहुदै यसको पूरा पनि एमालेको सरकारले गर्ने दावी गर्नुभयो साथै पौडाहा पिकनिक स्पोर्टस र यहाँको धार्मिक पर्यटन क्षेत्रको विकासमा पनि जोड दिने छ । एमालेको सरकारहुँदा भएका विकास र समृद्घशाली देशको अधुरा खाकालाई पूरागर्न मंसीर ४ गते हुने आसन्न निर्वाचनमा नेपाली जनताले एमालेलाइृ बहुमत प्रदान गर्ने छ भन्दै एमालेको बहुमतको सरकार बन्ने ठोकुवा गर्नुभयो ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रिय सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाती महासंघका सह इन्चार्ज तथा अगुवा नेता पासाङ शेर्पाले नेपालको आदिवासी जनजातीहरु सोझा र इमान्दार छन् भन्नुभयो । समारोहका विशिष्ठ आतिथिको आसनबाट उहाँले आदिवासी जनजातीहरु यस देशका धर्तीपुत्र भएकै कारण भुमी, वनजंगलको संरक्षण, सम्वर्धनसंगै देशको समृद्घ चाहान्छन् भन्नुभयो । नेपालका आदिवासी जनजातीहरुका लागि राजनैतिक परिवेशको सन्दर्भमा भन्नुपर्दा एमाले बाहेक अन्य पार्टीमा सुरक्षित नहुने शेर्पाले दावी गर्नुभयो ।

एमालेले आदिवासी जनजातीलाई हेर्नै दृष्टीमा मतभेद वा हिजो र आजमा भिन्नता नपाइएको शेर्पाले भन्नुभयो, हिजो म माओवादीमा हुँदा आदिवासी जनजातीका हक, अधिकार र पहुँचका निम्ती सोच्दै सोचेन । आफुले धेरै पटक पार्टीमा आवाज उठाए की आदिवासी जनजातीहरुका लागि पार्टीले पनि एजेण्डा बनाएर माँग सुनिश्चितता गरोस् तर कहिले यतातर्फ ध्यान दिइएन । आफुले धेरै संघर्ष गरे तर आफ्ना माँग प्रति सम्वोधन नभएकै कारण माओवादी परित्याग गरेर एमालेमा आएको उहाँले जानकारी गराउनुभयो ।
यहि मंसीरमा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा सम्पूर्ण आदिवासी जनजातीहरुले आफ्ना न्यायोचित हक, अधिकार प्राप्त गर्न एमालेलाई मत प्रदान गर्नु विकल्प नरहेको बताउनुभयो ।
सो समारोहमा नेकपा एमाले पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेल, पार्टी केन्द्रिय सदस्यद्वय सप्तरी पार्टी इन्चार्ज र सहइन्चार्ज क्रमशः दिवाकर देवकोटा, राज कुमारलेखी, प्रदेश कमिटी सदस्य तथा कञ्चनरुपका नि वर्तमान नगरप्रमुख बसन्त कुमार मिश्र, प्रदेश सदस्य तथा सप्तकोशी नि वर्तमान नगरप्रमुख उत्तम कुमार शर्मा गौतम, कल्पना चौधरी, महेश प्रसाद चौधरी, देव नारायण चौधरी, लगायत जिल्ला पार्टी अध्यक्ष ताराकान्त चौधरी, सचिव देवनाथ यादव, सदस्य तथा क्षेत्रिय सह संयोजक पेशल जोशी, राष्ट्रिय युवासंघ नेपालका केन्द्रिय सदस्य तथा सप्तरी इन्चार्ज मनिष श्रेष्ठ, केन्द्रिय सदस्य संजय पासवान, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य, सप्तरी इन्चार्ज तथा नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य खगेन्द्र कार्की प्रेस चौतारी नेपाल प्रेस चौतारी नेपाल मधेश प्रदेशका सदस्य पिन्टु यादव,सप्तरीका अध्यक्ष डम्बर राई लगायत दर्जनौ नेताहरुको आथित्य रहेको थियो ।

लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर जफरुल हक मिया, जनता समाजवादी पार्टी परित्याग गरेर केन्द्रिय सदस्य जसमुल खाँ, रामदेव मण्डल, अख्तर खान र सप्तकोशी वडा नम्वर १ का मनोज साहले नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाववादी पार्टी परित्याग गरेर नेकपा एमालेमा आएको जिल्ला पार्टी अध्यक्ष ताराकान्त चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय युवासंघ केन्द्रिय सदस्य तथा सप्तरी इन्चार्ज मनिष श्रेष्ठ, युवासंघका केन्द्रिय सदस्य संजय पासवान, लोकतान्त्रिक आदिवासी जनजाती महासंघका केन्द्रिय सदस्यद्वय देव नारायण श्रेष्ठ, मित्र नारायण श्रेष्ठ, युवानेता तथा नगर पार्टी सचिव केवल खत्री, जैनुदिन मिया, दिपक भट्टराई, पार्टी नगर सदस्य विजय चौधरी, नगर सदस्य तथा ७ नम्बर वडा उपाध्यक्ष डम्बर प्रसाद साह, महिला नेता तथा आयोजक समितिका सचिव रेखा चौधरी, लगायत दर्जनौ युवाहरुको सक्रिय भुमिका रहेको आयोजक समितिले जानकारी दिइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page