डम्बर राई –
कञ्चनरुप सप्तरी, असोज १४ गते । सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित इयरकन फिल्डमा भोली १५ गते नेपाल कम्युनिष्ट पार्टी एमाले राष्ट्रिय अध्यक्ष केपी ओली आउँदै हुनुहन्छ ।
राष्ट्रिय युवा संघ नेपाल सप्तरीले आयोजना गरेको विशाल जनसभालाई सम्वोधन गर्न अध्यक्ष ओली हेलिकप्टर भएर आउनुहुने पत्रकार सम्मेलनमा बताएका छन् । उहाँसंगै पार्टीका स्थायी कमिटीका सदस्यद्वय रघुवीर महासेठ, प्रभु साह, पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेल, लिलानाथ श्रेष्ठ, महेश बस्नेत लगायत नेताहरु आउनु हुनेछ ।
पार्टीको कार्यक्रमलाई अगाडी बढाउने साथै नजिकिदै गरेको निर्वाचनलाई लक्षित आयोजित सभामा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरेर आउने नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेशमा स्वागत गर्नुहुने शुक्रवार सम्मेलनमा जनाइएको छ । साथै शहिद परिवारलाई सम्मान गरीने केन्द्रिय सदस्य एवं सप्तरी इन्चार्ज दिवाकर देवकोटाले पत्रकारहरुलाई बताउनुभयो ।
आयोजित पत्रकार सम्मेलनमा देवकोटाले मंसीर ४ गते हुने निर्वाचनका लागि सप्तरीको चारवटै क्षेत्रबाट योग्य उम्मेदवारको नामावली पठाएको जानकारी दिनुभयो । पत्रकारहरुको जिज्ञासामा उहाँले भन्नुभयो, मधेश प्रदेशमै सबैभन्दा बढी सीट एमालेले ल्याउछ तपाइहरु हेर्दै जानुस् देशमा एमालेको बहुमतको सरकार पक्कै हुन्छ । देशको आमुल परिवर्तन तथा सुखी जनताको प्रेरणादायी कार्य र समृद्घताको गाँठो एमालेको हातमा रहेको आम जनताले बुझेका छन् । यहि गाँठो फुकाउन आम नेपाली जनताले सुर्य चिन्हमा मत दिनेछन् देवकोटाले विश्वास व्यक्त गर्नुभयो ।
भोलीको विशाल आमसभाको तयारी भइसकेको बताउँदै पार्टी केन्दिय सदस्य तथा जिल्ला सह इन्चार्ज राज कुमार लेखीले पार्टीमा सयौं प्रवेश हुने दावी गर्नुभयो । केहि पार्टीबाट असुन्तुष्ट शिर्ष नेताहरुपनि भोली एमालेमा प्रवेश गर्नेछन् लेखीले भन्नुभयो, संख्यामा र कस्ता व्यक्तिहरु प्रवेश गर्दैछन् भन्ने पत्रकारहरको प्रश्नमा बताउन सकिदैन । नेकपा एमालेका विभिनन तह र तप्काका कमिटीहरुले खेलेको भूमिकाले आज पार्टी राष्ट्रिय राजनीतिक परिवेशमा ठूलो शक्तिको रुपमा स्थापित भएको लेखीले पत्रकारहरुलाई बताउनु भयो ।
सप्तरीमा अध्यक्ष ओलीको आगमनले पार्टीमा ठूलो उर्जा थपिने राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मनिष श्रेष्ठले बताउनु भयो । अहिले जिल्लामा दशैंसंगै थप पर्व आएको महशुस भएको छ । यतिबेला ओलीको स्वागत तथा सम्वोधन सुन्न सिरहा, धनुषा, लगायत प्रदेश १ का सुनसरी, मोरंग, उदयपुर जिल्लाहरुबाट पनि आउने तयारी हुदै गरेको श्रेष्ठले थप्पुभयो ।
सभालाई स्वागतको रुपमा विभिन्न सस्कृतीका समुदायले झाँकी लिइएर सस्कृती झल्काउने खालका गीत र नृत्य प्रदर्शन गर्ने भएको संचारकर्मीहरुलाई बताइएको छ ।
Add Comment