राजनीति

देशभर ६१ प्रतिशत मत खस्यो, १५ स्थानमा मतदान स्थगित

काठमाडौँ । देशभर सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ मा ६१ प्रतिशत मत खसेको छ।
निर्वाचन आयोगले पौने ८ बजे पत्रकार सम्मेलन गरी ६१ प्रतिशत मत खसेको जानकारी गराएको हो।
आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजे यति मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। यो अहिलेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार भएको उनले बताए।
सबै विवरण प्राप्त भएपछि संख्या बढ्न सक्ने पनि आयोगले अनुमान गरेको छ। यो मत आयोगले अपेक्षा गरेको भन्दा पनि कम भएको आयुक्त थपलियाले बताए।
उनले सुर्खेत, नवलपरासी, बाजुरा र गुल्मीका १५ स्थानमा मतदान रोकिएको बताए।
ती स्थानहरुमा दुई दिनभित्रै मतदान गराउन निर्देशन दिइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page