कञ्चनरुप, १८ पुष । अचानक बढदो शितलहरका कारण जाडो बढेपछि विधालयहरुमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरु ४ दिनको लागि विदा दिएको छ ।
गाउँपालीकाले सोमवार एक सूचना जारी गर्दै पुस १९ गते देखि २२ गते सम्मका लागि गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु विदा दिएको हो ।
विद्यालयहरुमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यस सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयहरु ४ दिनसम्म बन्द गरिएको शिक्षा शाखा प्रमुख योगेन्द्र प्रसाद यादवद्वारा जारी सुचानामा उल्लेख छ ।
सामुदायिक विधालयहरुको हकमा बार्षिक विदाबाट मिलान गर्ने गरि तथा संस्थागतहरुले आफ्नो नियम अनुसार विदा मिलान गर्ने गरि चार दिनसम्म पठनपाठन स्थगन राख्न गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको अनुरोध गर्नु भएको गाउँपालिकाद्वारा जारी सूचनामा जनाइएको छ ।
यस्तै जिल्लाकै सुरुङ्गा नगरपालिकाले समेत नगर भित्रका सम्पूर्ण सामुदायीक विद्यालयहरु चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले एक सूचन जारी गर्दै अत्यधिक चिसो बढ्नुका साथै शीतलहर समेत चल्न थालेपछि विधालयहरुमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै पुस १९ गते देखि २२ गते सम्मका लागि नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरु विदा दिने निर्णय गरेको हो ।
Add Comment