कञ्चनरुप (सप्तरी) । आज श्रीपञ्चमीका दिन सप्तरीमा विविध कार्यक्रम आयोजना गरी सरस्वती पूजा मनाईएको छ । विद्याकी देवी अर्थात् सरस्वतीको पूजा–आराधना गरी विविध कार्यक्रम आयोजना गरि सरस्वती पूजा मनाईएको हो ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन पर्ने यो दिनमा सरस्वतीको पूजा तथा आराधना ग¥यो भने ज्ञान, विद्या, बुद्धि बढ्ने जनविश्वास रहेको छ । विद्यालय नपठाईएका साना बालबालिकाहरूलाई यही दिनदेखी अक्षराम्भ गराउने प्रचलन छ । यो दिन बालबालिकाहरूलाई लेखपढ गर्न सिकाए उनीहरूले राम्रो विद्याआर्जन गर्ने धार्मिक विश्वास रहेको छ ।
यसैगरी आज सरस्वती पूजाको दिन सप्तरी जिल्लाका विभिन्न विद्यालयहरूले विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ सरस्वति पूजा मनाएका छन् ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन नाक–कान छेड्न पनि शुभ मानिन्छ । साथै आज धेरै विद्यालयले भर्ना गर्ने विद्यार्थीलाई निशुल्क भर्ना पनि गर्छन । विभिन्न रङ्ग रंगीनहरुले धेरै विद्यालयहरु सजिसजाऊ हुन्छन ।
सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीपूजाको भोलीपल्ट नजिकै रहेको नदी, ताल पोखरीमा गई मूर्ति विसर्जन गर्ने प्रचलन रहेको छ ।
Add Comment