कोशी प्रदेश समाचार

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा, माघ १६ गते । जिल्ला प्रहरी कार्यालय झापाले प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोटरसाईकल चालक भारत किसनगंज गलगलियाका २५ वर्षीय दिलसाद रहमान र पछाडि सवार रहेका २० वर्षीय सन्वाज खान रहेका छन् ।
बिर्तामोड नगरपालिका–५ स्थितबाट आइतबार बेलुका इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा डब्लु बि ७४बि ए६७७९ नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ८ ग्राम ५०० मिलि ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

You cannot copy content of this page