आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
कोशी प्रदेश

३ सय ५० किलोग्राम गाँजा बोकेको पिकअप सहित २ जना पक्राउ

सुनसरी, १ फाल्गुन । सुनसरी प्रहरीले जिल्लाको देवानगंज गाउँपालिका ६ स्थितबाट गाँजा बोकेको पिकप गाडी सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडी चालक धरान–१६ सुनसरीका २७ वर्षीय पुर्ण बहादुर राई र सहचालक बिजय राई रहेका छन् ।
आइतबार राती साढे १० बजे राजगंज सिनवारी-कप्तानगंज स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको गस्ती टोलीले को १ ज १६६१ नम्वरको अम्लिसोको कुचो बोकेको पिकअप गाडीलाई संका लागि चेक जाँच गर्ने क्रममा कुचो भित्र लुकाई राखेको ३ सय ५० किलोग्राम (७ बोरा) गाँजा बरामद गरेको हो ।
गाँजा बोकेको पिकअप गाडी सहित पक्राउ परेका दुबै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page