आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
बाग्मती प्रदेश

काठमाडौँ एक विद्यालयको छात्रावासमा १३ वर्षीय बालक झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौँ । काठमाडौँ नयाँ बजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिपस्) को छात्रावासमा १३ वर्षीय बालक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
धादिङ घर भई कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । मृत्युको कारण भने नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आफन्तहरु घटनास्थल आउनुअघि नै बालकको शव पोष्टमार्टमका लागि अस्पताल लगेपछि विरोध प्रदर्शन गरेका छन् ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page