समाचार

सप्तरीमा शिक्षाको गुणस्तर खस्किदै गएकोमा पूर्व मन्त्री लेखिको चिन्ता

कञ्चनरुप, ९ भदौ । मधेश प्रदेशका पूर्व कानुन मन्त्री एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १(क) बाट निर्वाचित प्रदेश सभा सदस्य राज कुमार लेखीले सप्तरीको शिक्षा क्षेत्र ओरालो लागेको बताउनु भयो ।
सप्तरीको कञ्चनरुप नगरपालिका १२ रुपनगर स्थित नन्दराज संग्रौला क्याम्पसमा शनिबार वेव साइट र कम्प्युटर प्रयोगशालाको उद्घाटन गर्नुहुदै लेखीले सो कुरा बताउनु भएको हो । उहाँले १० वर्ष अगाडिको ६५ प्रतिशत यहाँको शाक्षरता स्तर झरेर ५५ प्रतिशतमा आइपुगेको बताउनु भयो ।

अहिले शिक्षा स्तरमा यत्रो फटको मारीसकेको समयमा यहाँँ भने यस्तो अवस्था छ । प्राय मधेश प्रदेशमै शाक्षरता गुणस्तर ओरालो लागेको हो उहाँले भन्नुभयो यसको दोषी हामी सम्पुर्ण नागरिक हौ, प्रत्येक नेपाली नागरिकको दायित्व अपरिहार्य छ तर हामी चुकिरहेका छौ । नगर प्रमुख, साँसद, मन्त्रीले मात्र सम्भव छैन शाक्षरता स्तर उकास्न बुद्धिजिवी, सचेत नागरिक जुट्नु नै पर्छ लेखिले बताउनु भयो ।

जग्गा, श्रोत, साधन पर्याप्त भएर पनि अधिकांश विद्यालय विद्यालय जस्तो लाग्दैन, क्याम्पस क्याम्पस जस्तो छैन कारण दायित्वबोध अनुसारको जिम्मेवारी भएन लेखीले दुःख ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो राजबिराजको महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा कानून संकायमा जम्मा दुई जना शिक्षक छन । नेपालको पहिलो कानून संकाय अध्ययन यति ठूलो क्याम्पसमा आवश्यक मात्रामा शिक्षक छैन उहाँले भन्नुभयो, लामो समयदेखि यसरी नै चल्दै आइरहदा पनि कसैको यसमा ध्यान केन्द्रित छैन ।
यस्तै कञ्चरुपका नगर प्रमुख ललन प्रसाद गुप्ताले २५ वर्ष अगाडी कल्पना गरिएको सपना आज पूरा हुँदै आएको भन्दै हर्ष जनाउनु भयो । जसले जति ठुला ठुला कुरा गरेपनी तर त्यो लागु हुदैन किनकी यहाँ धेरै बिध्वानहरु छन् उहाले भन्नुभयो यहाँका उत्पादित हरु बाहिर सेवा दिदै छन तर आफ्नो ठाउँ हेर्ने काम भएन । हाम्रो स्थानिय क्षेत्रका बिद्वत्वहरुलाई स्थापित गराउन आयामहरुको खाँचो रहेको बताउनु भयो ।

स्वभाविक पनि छ बाहिरिएका शक्ति यहाँ वातावरण नमिलेका कारण यहाँ स्थापित हुन नसकेका हुन् । उहाँले पालिकाको बिकास बजेट्लाई जोड्दै यस बर्ष संघिय सरकारले दुई करोड कटौती गर्दा बजेट सिलिङ्ग घटेको जानकारी दिनुभयो । १४ करोडको बजेट सिल्लिङ थियो, वडामा ८ लाख बजेट सिल्लिङ गेरेको छु भन्दै बजेट रकम प्रति राजनीतिक दलले पनि सोच्न जरुरी छ उहाँको भनाई थियो ।
२०७० सालमा स्थापित उक्त क्याम्पसको संस्थापक अध्यक्ष गिरिराज संग्रौलाले क्याम्पसमा गुणस्तर शिक्षा हासिल गराउन आफुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु भयो । उहाँले भन्नु भयो क्याम्पस स्थापनाको दस वर्ष भौतिक पूर्वाधार निर्माणमा जोड दिइए पनि अब यस वर्षदेखि शैक्षिक र प्राज्ञिक उन्नयनमा हाम्रो प्राथमिकता रहनेछ । यस क्याम्पसका विद्यार्थीहरुलाई सर्टिफिकेट दिने मात्र हैन, त्यससँगै शीपमुलक र ब्यवहारिक शिक्षाको साथमा सक्षम सवल र अब्बल हुने शक्ति र सामर्थ्य प्रदान गरिने अध्यक्ष संग्रौलाले बताउनु भयो । यसका लागि क्याम्पसमा पाठ्यक्रमका अतिरिक्त कम्प्युटर शिक्षणको थालनि समेत गरि सकिएको छ, भन्नुभयो ।

क्याम्पस प्रमुख प्राध्यापक दीपक गजुरेलले क्याम्पस स्तोन्नतिका लागि आफूले अहोरात्र लागलाठी गर्दै आएको बताउनु भयो । निकट भविश्य मै यस क्याम्पसमा बढी भन्दा बढी छात्र छात्राहरु हुनेछन् जुन स्किमलाई मैले संचालन गर्न जाँदैछु त्यो पक्कै यस क्याम्पसमा प्रभावशाली हुने छ प्राध्यापक गजुरेलले विश्वास दिलाउनु भयो । त्रिभुवन विश्व विद्यालयमा ३० वर्ष प्राध्यापक रही अनिवार्य अवकाश प्राप्त गजुरेलले यस क्याम्पसमा धेरै स्किमहरुको थालनी गर्ने बताउनु भयो दक्ष अनुभवी प्राध्यापक गजुरेलको अनुसार विभिन्न स्किम मुखी शिक्षालाई प्राथमिकता दिने छ । ‘हाम्रो लक्ष्य भनेको रूपनगरलाई ‘एउटा शैक्षिक हब बनाउनु हो,’ गजुरेलले भन्नु भयो ।
शिक्षा सर्टीपिकेटका लागि मात्र नभई जीवनसंग आधारीत ज्ञान र सीप पनि हो भन्ने उद्वेश्यले कम्प्युटर, लेखन, अवलोकन, अनुगमन, ईन्टरनेट तथा शैक्षिक क्रियाकलापमा आधारित शिक्षालाई विषेश जोड दिने प्राध्यापक गजुरेलले बताउनु भयो ।
वाणिज्य शास्त्र (विविएस) मा हाल अध्यापन गराउँदै आएको यस क्याम्पसमा कम्प्युटर कक्षासंगै अतिरिक्तमा प्रोजेक्टर प्रयोजनद्वारा राष्ट्रिय, अन्तर्राष्ट्रियमा समन्वय सहितको कक्षा गराइने छ । हाल १५ वटा कम्प्युटर रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page