समाचार समाज

सप्तरीमा विषालु सर्पले डस्दा १२ वर्षीया बालिकाको मृत्यु

सप्तरी । सप्तरीमा विषालु सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका–८ का दिनेश यादवकी १२ वर्षीया छोरी अर्चनाकुमारी यादवको विषालु सर्पले डस्दा मृत्यु भएको हो । आइतबार साँझ आफ्नै गोठ घरमा बाख्रा बाँध्ने क्रममा उनलाई सर्पले डसेको परिवारका सदस्यले बताएका छन् ।
अर्चनालाई उपचारका लागि तत्कालै राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याइए पनि उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page