कोशी प्रदेश समाचार समाज

धनकुटामा पिङ खेल्ने क्रममा लडेर १० वर्षीय बालकको मृत्यु

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

धनकुटा, ४ असोज । धनकुटामा बुधबार दिउँसो पिङ खेल्ने क्रममा लडेर १० वर्षीय बालकको मृत्यु भएको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका ५ माझीगाँउ बस्ने मदन खड्काको १० वर्षीय छोरा मन्दिप खडकाको पिङ खेल्ने क्रममा लड्दा घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो ४ बजेको समयमा घर नजिकै रहेको ईपिलको रुखमा जुटको डोरी लगाएर बनाइएको पिङमा खेल्ने क्रममा बालक लडेका थिए ।
घटना बारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page