आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
अर्थतन्त्र

अब सय रुपैयाँभन्दा ठुला दरका भारतीय नोट साथमा राख्न नपाइने

काठमाडाैं | नेपालमा अब एक सय भारतीय रुपैयाँभन्दा ठुला दरका नोट साथमा राख्न नपाइने भएको छ ।
नेपालमा एक सय दरभन्दा ठुला दरका भारतीय रुपैयाँका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्ध लगाइएको नेपाल राष्ट्र बैङ्कले एक सूचनामार्फत जानकारी गराएको हो ।
भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर पाँच हजार बराबरको भारतीय रुपैयाँ एक सय वा सोभन्दा कम दरका नोट मात्र ल्याउन लैजान सकिने जनाउँदै राष्ट्र बैङ्कले त्योभन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने बताएको छ । भारत भ्रमणका लागि नगद भारतीय २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैङ्क तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।
भारत भ्रमणमा जाने नेपाली नागरिकले भारतीय २५ हजारसम्मको यस्तो सटही सुविधा मनी चेन्जरबाट पनि लिन सक्ने बताइएको छ । कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टिटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागु नहुने राष्ट्र बैंकले जनाएको छ । गोरखापत्रमा खबर छ । 

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page