कोशी प्रदेश समाचार समाज

बेलवारीमा जंगली हात्तीको आक्रमणबाट साइकल यात्रीको मृत्यु

मोरङ, मंसिर १८ गते । मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणमा परेर एक जना साइकल यात्रीको सोमबार मृत्यु भएको छ।
बेलवारी नगरपालिका-१० भाउन्ने जंगल स्थितमा जंगली हात्तीको आक्रमणबाट साइकल यात्री लेटाङ नगरपालिका ३ का ५३ वर्षीय कमल माझीको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
सोमबार बिहान साढे ९ बजे लेटाङबाट लक्ष्मीमार्ग तर्फ आउँदै गरेका साइकल यात्री माझीलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमा मृत्यु भएको हो ।
शवलाई पोस्मार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरतर्फ पठाइएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
केही दिनयता घटनास्थल वरपर जंगली हात्तीको आवतजावत नियमित भइरहेको प्रहरीले जनाएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page