कोशी प्रदेश समाचार

अत्यधिक चिसो बढ्न थालेपछि इटहरीका विद्यालय तीन दिन विदा दिने निर्णय

विराटनगर । शीतलहरूसँगै अत्यधिक चिसो बढेपछि इटहरी उप महानगरपालिकाले उपमहानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था बिदा दिने निर्णय गरेको छ ।
एक सूचना जारी गर्दै उपमहानगरले बुधबारदेखि शुक्रवारसम्म तीन दिन उपमहानगर क्षेत्रका सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको हो ।
अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको उपमहानगरले जनाएको छ ।
केही दिनयता तराईका जिल्लामा शीतलहरसँगै चिसो बढेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page