कोशी प्रदेश समाचार

चिसो बढेपछी विराटनगरमा तीन दिन विद्यालय विदा दिने निर्णय

विराटनगर, २ माघ । विराटनगर महानगरपालिकाले बुधबारदेखि शुक्रबारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय विदा दिने निर्णय गरेको छ ।
आज एक सूचना जारी गर्दै महानगरले शीतलहरूसँगै अत्यधिक चिसो बढेपछि महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था बिदा दिने निर्णय गरेको हो ।
अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै विदा दिने निर्णय गरिएको महानगरले जनाएको छ ।
विराटनगरसहित तराईका जिल्लामा केही दिनयता शीतलहरूसँगै चिसो बढेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page