मधेस प्रदेश समाचार

लाखौं मूल्य बराबरको अवैध मालसमानसहित मोटरसाइकल र भ्यान बरामद

कञ्चनरुप, २ माघ । सप्तरीबाट सशस्त्र प्रहरीले विभिन्न समयमा लाखौं रुपैयाँ मूल्य बराबरको अवैध मालसमानसहित मोटरसाइकल र भ्यान बरामद गरेको छ ।
सशस्त्र प्रहरीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका, डाक्नेश्वरी नगरपालिका तथा छिन्नमस्ता गाउँपालिकाबाट अवैध लाखौं रुपैयाँ मूल्य बराबरको मालसमान बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्वर ६ गण हेडक्वाटर सप्तरीका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज विष्टले जानकारी दिनुभयो ।
हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह स्थित सुरक्षा बेश भारदहबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदिप बुढाथोकीको कमाण्डमा खटिएको ७ जनाको चेक प्वाईन्ट टोलिले चेकजाँच गर्ने क्रममा ग ३ च ५१५९ नम्वरको भ्यानबाट बिल विजक नभएको ६७५ केजी (२७ बोरा) पाउडर दुध बरामद गरेको छ ।

पूर्वपश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सवारी साधनहरु चेकजाँच गर्ने क्रममा लाईनमा रहेको उक्त भ्यान छाडी सवारी चालक फरार भएका थिए । शंका लागि चेकजाँच गर्दा बिल बिजक नभएको २७ बोरा पाउडर फेला परेको सशस्त्र प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो ।
उक्त पाउडर दुध सहित भ्यान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको जनाइएको छ ।
त्यसैगरी सोमबार बिहान छिन्नमस्ता गाउँपालिका २ मोहनपुर स्थित बोडर ईलाकामा बिओपि छिन्नमस्ताबाट खटिएको प्रहरी टोलीले ना ५७ प ४४७६ नम्वरको मोटरसाइकलमा ल्याउँदै गरेको १ लाख ६२ हजार रुपैयाँ बराबरको किरानाका मालसमान बरामद गरेको छ ।

भारतबाट मोटरसाइकलमा अबैध रुपमा चोरी निकासी गरी नेपालतर्फ ल्याउँदै गरेको उक्त किराना सामानहरु छाडी व्यक्ति फरार भएका थिए । उक्त किराना सामान सहित मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार बुझाउने प्रक्रिया भईरहेको जनाइएको छ ।
त्यस्तै सोमबार बिहानै डाक्नेश्वरी नगरपालिका ३ हटेल स्थित बोर्डर ईलाकाबाट ४६ हजार ३ सय ३० रुपैयाँ बराबरको अवैध औषधी बरामद गरेको छ ।
सीमा सुरक्षा गुल्म पातोबाट खटि गएको सशस्त्र प्रहरी हवल्दार धन बहादुर साउदको चेक प्वाईन्ट टोलीलाई देखि भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधीहरु छाडी ब्यक्ति फरार भएका थिए । बरामद औषधीहरु आवश्यक कारवाहीको लागि भन्सार बुझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सोमबार बिहानै डाक्नेश्वरी नगरपालिका ३ तरहीबाट ५९ हजार ८ सय रुपैयाँको अवैध कपडा बरामद गरेको छ । बोर्डर ईलाकामा भारतबाट भन्सार छली गरी नेपालतर्फ टाउँकोमा बोकेर ल्याउँदै गरेको उक्त लत्ता कपडा प्रस्तावित गुल्म पातोबाट सशस्त्र प्रहरी नायव निरीक्षक शुभनारायण मण्डलको नेतृत्वमा खटिएको गस्ती टोलीलाई हेर्नासाथ व्यक्ति सामान छाडी फरार भएका थिए ।
बरामद उक्त लत्ता कपडा गुल्ममा ल्याई भन्सार बुझाउने प्रकृयमा रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page