राजविराज, ३ फागुन । सप्तरीमा राष्ट्रिय समाचार समिति (रासस) को ६३ औं बार्षिकोत्सव आज सम्पन्न भएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) जिल्ला कार्यालय राजविराजले सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासंघको सभाहलमा बिहीवार ६३ औं बार्षिकोत्सव सम्पन्न गरेको हो ।
राससको बार्षिकोत्सवको पूर्व संन्धयामा आयोजित कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका सांसद एवं अर्थ तथा योजना समितिका संयोजक सतिश कुमार सिँहले फूलको गमलामा पानी हालेर कार्यक्रमको उद्धघाटन गर्नुभएको छ ।
उहाँले जिम्मेवार पत्रकारिता र राससको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा उद्धघाटन पछि अर्थ तथा योजना समितिका संयोजक सिँहले सक्रियरुपमा पत्रकारिता गर्नेहरुलाई सरकारले न्युतम पारिश्रमिक निरधारण गर्नुपर्ने बताउनुभयो ।
समयमा पारिश्रमिक नदिएका कारण पनि लामो समयदेखि पत्रकारिता गर्ने ब्यक्तिहरु पत्रकारिता पैसाबाट अन्य तिर गइरहेकाले यसलाई जोगाउनका लागि सरकारले पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
सरकारी मिडियाहरुले पनि जागरुक भएर भ्रष्टचार बिरुद्ध निस्पक्ष समाचार दिनुपर्ने बताउँदै देशको अर्थतन्त्र जोगाउनका लागि भ्रष्टचार न्युनिकरण गर्नुपर्नेमा जोड दिनुभयो । मधेस प्रदेशमा भइरहेको बिभिन्न घटनाहरु प्रति जिम्मेवार पत्रकारहरुले कलम चलाउनुपर्ने भन्दै पदको दुरुपयोग गरेर काम गर्ने ब्यक्तिहरुको खोजी गरि जनता समक्ष ल्याउनुपर्नेमा उहाँको भनाई थियो ।
पत्रकारको पारिश्रमिक तोक्नुपर्छ भन्दै केही युटुवरका कारण पत्रकारिता बदनाम भइरहेका कारण यसलाई पनि रोक्नुपर्ने बताउनुभयो । सरकारी मिडियाहरु समाजिक संजाल जस्तो गतिलो हुनुपर्नेमा समेत उहाँले जोड दिनुभो ।
कार्यक्रमका बिशिष्ट अतिथि राष्ट्रिय समाचार समिति (रासस) का मधेस प्रदेश प्रमुख टिकाराम सुनारले जनताको करबाट सरकारी मिडिया रासस चलिरहेको भन्दै समय समयमा खवरदारी र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
राससले २४ घण्टा समाचार दिने तैयारी गरिरहेको भन्दै अहिले राससले बिचारसोवा,नेपाली भाषा, अङ्ग्रेजी, अडियो, भिडियो ,फोटो र हालैमा आवधी भाषा सुरु गरेको जानकारी दिदै अहिले बदलिदो अवस्थााम राससमा मैथिली भाषाको पनि कुरा चलिरहेकोले यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्षा श्रवणकुमार देवले राससले संघीयता अनुरुप यस बर्षदेखि जिल्ला÷जिल्लामा बार्षिकोत्सव मनाउन लागिएको भन्दै शुभकामना ब्यक्त गर्नुभयो । सो क्रममा उहाँले पत्रकारिता पैसा जिम्मेवार भएकाले समाजिक परिर्वतनमा अहम भुमिका खेल्नुपर्ने बताउनुभयो । अहिले डिजिटल युग भएकाले पत्रकारितामा पनि परिर्वतन हुनुपर्नेमा जोड दिदै राससले पनि जालझैलबाट मुक्त भई निशपक्ष समाचार सम्प्रेसन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रेस स्वतन्त्रता सैनानी एवं बरिष्ठ पत्रकार बैधनाथ झाले पत्रकरिता जिमेवार हुनुपर्ने बताउँदै रासस पहिला सरकारको मात्र समाचार दिन्थ्यो तर अहिले युग परिर्वतन भए संगै समाजिक,राजनैतिक र समाजिक न्याय जस्ता समाचारहरु दिन थालिएकोमा खुशि ब्यक्त गर्नुभयो ।
मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश कुमार झाले राससले भाषागत अवधी भाषामा समाचार सम्प्रेसशन सुरु गरेकोले तत्काल मैथिली भाषामा पनि राससले समाचार सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।
मैथिली भाषामा समाचार सम्प्रेशन गर्नका लागि मैथिली साहित्य परिष्दले पनि सहयोग गर्ने बचन दिदै क्रियाशिल भएर जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा बताउनुभयो ।
पत्रकार महासंघका सल्लाहकार मनोहर कुमार पोखरेलले राससले यसबर्ष जिल्लामा बार्षिकोत्सव गर्ने कार्यप्रति शुभकामना दिदै सधै सरकारको पक्षमा समाचार मात्र नभई बिपक्षको पनि समाचारले प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभयो ।
जिम्मेवार पत्रकार स्वतन्त्र पत्रकार भएर काम गर्नुपर्ने भन्दै भ्रमपुर्ण समाचारका कारण पनि युटुवरहरुले गर्दा समाजिक बिक्रिति बढि रहेको उहाँले जोड दिनुभयो ।
राससका पुर्व प्रतिनिधि राजेश कुमार झाले २०५६ सालदेखि राससमा काम गर्दा खेरी कुरियर र फयाक्सबाट समाचार पठाउनुपर्ने अवस्था थियो तर अहिलेको जमानामा इमेल र बिभिन्न माध्यमहरुको बिकास भएका कारण पत्रकारितामा सहज भएको बताउनुभयो ।
अहिले राससमा पहिलाको भन्दा धेरै बिकसीत भएर बिभिन्न भाषामा समाचार सम्प्रेसन भइरहेको बताउदै राससमा मैथिली भाषामा पनि समाचार सम्प्रेसन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
राससले मैथिली भाषामा समाचार सम्प्रेसन गरेमा मधेसका ग्राहकले पनि सेवा लिन सकिने उहाँको भनाई थियो ।
केही बर्षदेखि सप्तरीको पत्रकारिता बदनाम भइरहेको भन्दै युटुवरहरुको बिकृतिहरु हटनुपर्ने बताउनुभयो ।
पत्रकार एवम प्रेस युनियनका केन्द्रीय सदस्य सुधा देवले पत्रकारितामा बिकृतिको भेदभाव हटनुपर्ने बताउनुभयो ।
सरकारी मिडियाले महिलाहरुलाई पनि सहभागिता गर्नुपर्ने सप्तरी जिल्ला सहित मधेसका महिलाहरु अवसर नपाएका कारण पत्रकारितामा कमि आएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो सरकारी मिडियामा महिला देखिदैन समाचारहरुमा पनि भेदभाव बढी देखिन्छ ।
प्रहरी नायव उपरिक्षक दुण्डीराज न्योपानेले राससले जनतालाई जिम्मेवारी बहन हुने खालको समाचार दिइरहेको भन्दै प्रहरी र पत्रकार नङ्ग र मासुको सम्बन्ध हुने भएकाले सप्तरी जिल्लालाई अपराध मुक्त बनाउनका लागि पत्रकारहरुले पनि सहयोग गनुपर्नेमा जोड दिनुभयो ।
राजविराजस्थित राससका जिल्ला कार्यालय प्रमुख शम्भु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राससका जिल्ला समाचारदाता अरुणकुमार यादव,नानिमैया कटवाल,सिरहाको लहान कार्यालयका प्रमुख सुदिप राउत, समाचारदाता लोकेन्द्र प्रसाद यादव लगायत बिभिन्न मिडियामा कार्यरत संचारकर्मी,राजनैतिक दलहरुको उपस्थित रहेको थियो ।
Add Comment