समाचार

सप्तरीमा गोरु काटेर खाएको आरोपमा ३ जना पक्राउ

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

कञ्चनरुप, २ फाल्गुन । सप्तरीमा गोरु काटेको आरोपमा प्रहरीले बुधबार हनुमाननगर कंकालिनी नगरपालिका–८ बाट तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी नगरपालिका–१३ का ४० वर्षीय जफ्रुल मन्सुरी, ३५ वर्षीय कैयुजुम मन्सुरी र २५ वर्षीय मो सम्साद रहेका छन् ।
वडा अध्यक्ष अजय यादवका अनुसार चार दिन अघि स्थानीय तेज नारायण यादव सिपलियाको गोरु चोरी भएको थियो । गोरु हराएपछी खोजतलास गर्ने क्रममा उनीहरुले काटेर खाएको खुलेको थियो। तिनै जना इलाका प्रहरी कार्यालय हनुमाननगरको हिरासतमा छन् ।
घट्नाको विषयमा थप अनुशन्धान राखी अनुसन्धान भइरहेको सप्तरीका एसपी गजुसिद्वी बज्राचार्यले बताए। पक्राउ परेका तिनैजना यसअघि पनि पशु चौपाया चोरी गर्ने र बेपत्ता पार्ने घटनामा संलग्न रहदै आएको वडा अध्यक्ष यादवले जानकारी दिए।
गाई, गोरु, भैसी, खसी लगायतका चौपाया चोर्ने, काटेर खाने तथा जिउँदै बेचविखन गर्ने कार्यमा उनीहरुको संलग्न रहेको उनको भनाई छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page