मंगलबार, २५ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, २५ कात्तिक २०८३
शिक्षा

इन्सेक प्रदेश २ को आयोजनामा “स्वास्थ्य नै धन हो” भन्ने विषयको निबन्ध प्रतियोगिता सम्पन्न

राजविराज , ०७७ पुस २६ गते ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामको आयोजनामा आज आइतबार राजविराजमा बालअधिकार चेतना समूहको कार्ययोजना अनुसार निबन्ध प्रतियोगिता सम्पन्न भएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी परियोजनाअन्तर्गत विद्यार्थीहरूकै कार्ययोजना अनुसार सञ्चालन गरिएको निबन्ध प्रतियोगितामा पब्लिक विन्देश्वरी माध्यमिक बिद्यालय राजविराजका २१ जना विद्यार्थीहरूले भाग लिएका थिए ।

“स्वास्थ्य नै धन हो” भन्ने विषयको निबन्ध लेखन प्रतियोगितामा कक्षा ९ का प्रदिपकुमार खंग प्रथम, अम्बिका झा द्वितिय, आशुतोष यादव तृतिय र कञ्चनकुमारी यादव सान्तवना पुरस्कारबाट पुरस्कृत भएका छन् ।
प्रतियोगिताको निर्णायकको भूमिका सोही विद्यालयका शिक्षक गिरीराज पौडेल, साहित्यकार एवम् इन्सेक प्रतिनिधी मनोहर पोखरेल र मानवअधिकार निगरानी समूहका अध्यक्ष रघुवर साहले गरेका थिए ।
प्रतियोगितामा सहभागी बिद्यार्थीहरूले पैसा वा सम्पति भए पनि स्वास्थ्य ठिक नभए काम नलाग्नेमा जोड दिए । अभावमा सुखी रहन सकिने तर अस्वस्थ भए सुखी रहन नसकिने उल्लेख गरेका सहभागीहरुले राम्रो स्वास्थ्यको लागि नियमित र सुनियोजित जीवनशैली राख्न आवश्यक रहेको बताए ।
प्रतियोगिताका पुरस्कृत छात्रछात्राहरूलाई मानवअधिकार निगरानी समूहका अध्यक्ष साह, इन्सेक प्रतिनिधी पोखरेल, शिक्षक पौडेल, निगरानी समूहकी राधा अर्यालले पुरस्कार वितरण गरेका थिए ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page