खेलकुद

प्रथम सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापालाई

खगेन्द्र कार्की /
फत्तेपुर, ८ असार । धरान स्पोर्टिङ क्लब सुनसरीलाई हराउँदै दमक फुटबल एकेडेमी झापाले प्रथम सप्तकोसी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
सप्तकोशी नगरपालिका १ फत्तेपुर स्थित शहीद रंगशाला खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा धरान स्पोर्टिङ क्लब सुनसरीलाई ०–२ गोल अन्तरले हराउँदै झापाले उपाधि हात पारेको हो।
नगर युवा तथा खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा झापाको तर्फबाट जर्सि नं ४ का रोशन धिमाल र जर्सि नं ११ का आषिश चापागाईंले १र१ गोल गरेर टिमलाई २–० गोलान्तरले जिताएका थिए ।
खेलको उत्कृष्ट खेलाडी दमकका जर्सि न १० का आषिश लावति सर्बाधिक गोल कर्ता दमकका जर्सि न ११ का आषिश चापागाईं र धरानका जर्सि न ७ का मिलन लिम्बू बराबर ३ गोल गरेर घोषित भए भने उत्कृष्ट गोलकिपर दमकका गोल किपर चरि लिम्बू घोषित भए।
सप्तकोसी नगर खेलकुद बिकास समितिको आयोजना र न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुरको सहआयोजनामा फत्तेपुरमा रहेको सहिद स्मृति रंगशालामा संचालित प्रतियोगिता समापन समारोहको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालले प्रमुख एम्पाएर पकज चौधरीलाइ बल हस्तान्तरण गरेर गरेका थिए ।
असार १ गते देखि ८ गते सम्म सन्चालन हुने प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगितामा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी , दमक फुटबल एकेडमी झापा, कटारी फुटबल क्लब उदयपुर एलएक्स सिटी फुटबल क्लब मोरङ ,न्यु स्टार फुटबल क्लब सुनसरी , धरान स्पोर्टिङ क्लब सुनसरी बर्दिबास नगरपालिका महोत्तरी र बसाहा फुटबल क्लब उदयपुर गरि ८ वटा टिमहरुले सहभागिता जनाएको आयोजकले जनाएका थिए।
प्रतियोगितामा विजेता तथा उप विजेता टिमलाइ कार्यक्रमका प्रमुख अतिथि तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राजकुमार परियार,जिल्ला फुटबल संघ सप्तरीका महासचीव रमेश श्रेष्ठ सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणिप्रसाद पोखरेल लगायतले पुरस्कार बितरण गरेका थिए।प्रतियोगिताका बिजेता उपबिजेता टिमलाइ क्रमशः नगद २ लाख र १ लाख ट्रफी मेडल प्रमाणपत्र बितरण गरिएको नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेश खडकाले जानकारी दिए।

   

You cannot copy content of this page