काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।
बोर्डका अनुसार परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ३८.८३ विद्यार्थी नन ग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए ।
नियमिततर्फ ३ लाख ९५ हजार र आंशिक १ लाख १५ हजार परीक्षार्थी रहेका थिए र आंशिकतर्फ १ लाख १५ हजार सहभागी थिए ।
बोर्डले ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते हुने जनाएको छ ।

