समाचार

कञ्चनरूप-८ बेरियरमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु  

कञ्चनरूप, २६ मंसिर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ८ बेरियर चोक स्थित चार्जिङ स्टेशन अगाडी यात्रु बाहक बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । 

शुक्रबार बिहान ११;०० बजेको समयमा काँकडभिट्टाबाट हटौडा तर्फ आउँदै गरेको प्र१-०१-००१ ख ४१०६ नं. को यात्रुबाहक बसले बिपरित दिशाबाट जादै गरेको साईकलयात्री तत्काल नाम थर वर नखुलेको अन्दाजी  बर्ष ४८ को  पुरुष व्यक्तिलाई ठक्कर दिएको हो । 

ठक्करबाट गम्भीर घाइते भएका पुरुषको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  

शरिरको बिभिन्न भागमा चोट लागि स्थानिय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा सामान्य उपचार पश्चात थप उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाईएको थियो । 

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा मृतकको पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page