खेलकुद समाचार

कञ्चनरुपमा दोस्रो गोर्खा खुकुरी कप फुटबल प्रतियोगिता शुरु, उद्घाटनमा सोमबारे विजयी

कञ्चनरुप, २५ माघ । रिभर साइड युवा क्लब कञ्चनरुप–१२ धरमपुरको आयोजनामा दोस्रो गोर्खा खुकुरी कप फुटबल प्रतियोगिता आइतबारदेखि शुरु भएको छ।
कञ्चनरुप–१२ स्थित सुन्दरी खेल मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन क्लबका अध्यक्ष विजय कुमार राइको अध्यक्षतामा तथा राष्ट्रिय सभाका पूर्व सदस्य सुमनराज प्याकुरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्याकुरेलले खेलाडी देशका कर्णधार भएको उल्लेख गर्दै खेलाडी तथा खेलकुदको विकासका लागि आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले खेलाडीलाई मर्यादित र अनुशासित भएर खेल्न आग्रह गर्दै अहिलेको युग खेलकुदको युग भएको बताए। नेपाली खेलाडीहरूले पछिल्लो समय एकपछि अर्को सफलता हासिल गर्दै देशको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सफल भएकोमा बधाई तथा सम्मान व्यक्त गर्दै खेलाडीको मनोबल उच्च राख्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।


उद्घाटन खेल ब्रदर्श युवा क्लब दुधौली, सिन्धुली र सोमबारे फुटबल क्लब चतरा, उदयपुरबीच भएको थियो। निर्धारित समयमा खेल बराबरीमा सकिएपछि ट्राइबेकर ९पेनाल्टी सुटआउट० मार्फत नतिजा टुंगिएको थियो। पेनाल्टीमा सोमबारे फुटबल क्लबले ५ गोल प्रहार गर्दा ब्रदर्श युवा क्लबले ३ गोल मात्र गर्न सकेको थियो। यससँगै सोमबारे फुटबल क्लब ५–३ को अन्तरले विजयी भयो।
खेलको पहिलो हाफको १५ औँ मिनेटमा ब्रदर्श युवा क्लबका जर्सी नम्बर ७ का प्रज्वल कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको १५ औँ मिनेटमा सोमबारे फुटबल क्लबका जर्सी नम्बर ७ का दिपेन तामाङले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
म्यान अफ दि म्याच सोमबारे फुटबल क्लबका जर्सी नम्बर ११ का सन्दिप श्रेष्ठ घोषित भए।


आयोजकका अनुसार प्रतियोगितामा कुल ८ वटा टिम सहभागी रहेका छन्। भोलिको खेल विराटनगर एकेडेमी मोरङ र गोलबजार युनाइटेड क्लब सिराहाबीच हुने छ।
रिभर साइड युवा क्लबका सचिव विश्वास थापाका अनुसार प्रतियोगिताको विजेता टिमलाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमलाई ५० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने छ। कार्यक्रमको सञ्चालन सरोज राना मगरले गरेका थिए।

   

You cannot copy content of this page