शिक्षा समाचार

सप्तरीबाट एसइईमा ९ हजार २६९ विद्यार्थी सहभागी हुँदै

कञ्चनरुप, ८ चैत । यस वर्ष सप्तरीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ९ हजार २६९ जना विद्यार्थी सहभागी हुँदै छन्।
जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका अनुसार सहभागी हुनेमध्ये ४ हजार ६१६ जना छात्र र ४ हजार ६५३ जना छात्रा रहेका छन्।
जिल्लाका सामुदायिक ९४ र संस्थागत ५६ गरी कुल १५० विद्यालयका विद्यार्थी यस वर्षको एसइई परीक्षामा सहभागी हुने जनाइएको छ।
परीक्षा सञ्चालनका लागि जिल्लाभर ३९ वटा परीक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीले जनाएको छ।
चैत १९ गतेदेखि एसइई सुरु हुँदै छ ।

   

You cannot copy content of this page