आइतबार, १६ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, १६ कात्तिक २०८३
समाचार

सप्तरीमा स्रोत नखुलेको २ लाखबढी रकमसहित दुई भारतीय नागरिक पक्राउ

कञ्चनरूप, १५ कार्तिक । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३, हटेलास्थित सीमा नाकाबाट स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर पातोबाट खटिएको मोबाइल गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्राप्त जानकारीअनुसार, नियन्त्रणमा लिइएका व्यक्तिहरूको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ २ लाख ९५ हजार ३४५ र भारतीय रुपैयाँ ८६ हजार ६९० बरामद गरिएको छ। प्रहरीले उनीहरूसँगै एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ।

नियन्त्रणमा लिइएका दुवै भारतीय नागरिक, बरामद रकम तथा मोटरसाइकललाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page