मंगलबार, २५ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, २५ कात्तिक २०८३
अर्थतन्त्र

डाक्नेश्वरीको जुडीं खोलामा सुलिस गेट सहितको वाटर ड्याम्प निर्माण कार्यको शिलान्यास

महेन्द्र सदा /
पातो (सप्तरी) , चैत्र ६ गते ।
प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयको सहयोगमा डाक्नेश्वरी नगरपालिकाको जुडीं खोलामा सुलिस गेट सहित वाटर ड्याम्प निर्माण कार्यको आज शुक्रवार शिलान्यास गरिएको छ ।
सुलिस गेट निर्माण कार्यको शिलान्यास प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य विदेश्वर प्रसाद यादव र डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो ।
उक्त सुलिस गेट १ करोड २५ लाखको लागतमा निर्माण काम शुरु भएको प्रदेश सभा सदस्य यादवले जानकारी दिनुभयो । उहाँले निर्माण कार्यको रेखदेख र अनुगमन सिँचाइ विभाग राजविराजले गर्ने समेत जानकारी गराउनुभयो ।
यो सुलिस गेट सहित वाटर ड्याम्प निर्माण सम्पन्न भए पश्चात डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ को कटैया, फत्तेपुर तथा पातो र भूतहि समेतको ३ सय विघा कृषियोग्य जग्गा सिँचाई हुने डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहले बताउनुभयो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page