आइतबार, ९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ९ कात्तिक २०८३
स्वास्थ्य

सप्तरीमा एक चिकित्सक र चार महिला सहित १६ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनरुप (सप्तरी) । सप्तरीमा आज एक चिकित्सकसहित १६ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । यो सँगै सप्तरीमा सक्रिय संक्रमितको संख्या ४२ पुगेको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ४६ जनाको पिसिआर परीक्षण गरिएकोमा एक चिकित्सक र चार महिला सहित १६ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
संक्रमित हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका स्थित भारदह अस्पतालका एक चिकित्सक रहेका छन ।
यसैगरी राजविराज नगरपालिकाका ६ जना, हनुमाननगर कंकालिनी नगरपालिकाका ४ जना, डाक्नेश्वरी नगरपालिका, शम्भुनाथ नगरपालिका, महादेवा, अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका एक जना तथा रुपनी गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताउनुभयो ।
त्यसैगरी गजेन्द्रनारायण सिंह अस्पतालमा सिरहाका २ जनाको परिक्षण गर्दा एक महिलामा कोरोना पुष्टी भएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page