आइतबार, ९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ९ कात्तिक २०८३
राष्ट्रिय

नेपालमा आज थपिए ४ हजार ८९७ कोरोना संक्रमित ,थप १७ को मृत्यु, ७ सय ७३ सङ्क्रमणमुक्त

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८ सया ९२ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।
१३ हजार ८ सय ७९ वटा नमुनाको पिसिआर परीक्षण गर्दा ४ हजार ७ सय ७४ जना र ९ सय ५५ एन्टीजेन परीक्षण गर्दा १ सय २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको छ ।
आज ७ सय ७३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुने दर ८९ दशमलव ३ प्रतिशत रहेको छ ।
कोरोना सङ्क्रमणका कारण आज थप १७ जनाको मृत्यु भएको छ । सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार २ सय ११ पुगेको छ ।
हाल देशभर ३० हजार २ सय ९ जना सक्रिय सङ्क्रमित रहेका छन् भने २७ हजार ८ सय ४५ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै ९ वर्ष मुनिका ९९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनिका ३१७ बालबालिका कोरोना संक्रमित भेटिएका हुन् ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page