शनिबार, १५ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, १५ कात्तिक २०८३
समाचार

राजविराजका ३९ जना प्रहरीको पीसीआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ

राजविराज , २४ बैशाख । प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश नम्बर २ जनकपुर सम्पर्क कार्यालय राजविराजका प्रहरीहरुको रिपोर्ट नेगेटिभ आएको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा ३९ जना प्रहरीको पीसीआर परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
अस्पतालको प्रयोगशालामा अन्य ४८ जनाको पीसीआर परीक्षण गरिएकोमा भने २५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी सुर्यकान्त झाले जानकारी दिए ।
यस्तै सप्तरीको कञ्चनरुप नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रको प्रयोगशालामा २१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा शुक्रबार एक बालकसहित १७ जनामा संक्रमण देखिएको छ ।
शुक्रबार नयाँ संक्रमित ४२ जना थप भएसँगै सक्रिय संक्रमितको सङ्ख्या सप्तरीमा ३ सय ९ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page