कोशी प्रदेश समाचार

आजदेखि सुनसरीमा लकडाउन कडा बनाउन सेना परिचालन

फाइल फोटो
फाइल फोटो

विराटनगर । आजदेखि सुनसरीमा लकडाउन कडा बनाउन नेपाली सेना परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार जनपथ र सशस्त्र प्रहरी परिचालन गर्दा लकडाउन कडा नभए पश्चात जिल्लामा नेपाली सेना परिचालन गर्नु परेको हो ।
धरान, इटहरी र इनरुवामा लकडाउन उलंघन गर्नेको संख्या बृद्धि भएसंगै सेना परिचालन गरी पूर्ण लकडाउन गरिएको प्रजिअ ढकालले जानकारी दिनुभयो ।
सुनसरीको मूख्य बजारहरु धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र इनरुवा नगरपालिकामा नेपाली सेनाले दैनिक गस्ती गरी लकडाउनमा रचनात्मक भुमिका निर्वाह गर्ने जनाइएको छ।
डिसिसिएमसी सुनसरीको बैठकले आज देखि जेठ १५ गते सम्म मेडिकल बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ । लकडाउन उल्लंघन गर्नेहरुलाई संक्रामक रोग निवारण ऐन अनुसार पक्राउ गरी कारवाही गरिने समेत प्रजिअ ढकालले जानकारी गराउनुभयो ।

   

You cannot copy content of this page