धर्म संस्कृति

सुन्दा अचम्म लाग्न सक्छ ; श्रावण महिनाको पहिलो सोमवार सप्तरीमा नाग देवता देखा परे

कञ्चनरुप (सप्तरी) । मानिसलाई सुन्दा पनि यो कलियुगमा अचम्म लाग्न सक्छ तर थयार्थ हो । श्रावण महिनाको पहिलो सोमवार सप्तरीमा नाग देवता देखा परेका छन् ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ४ मा एक व्यक्तिको गोसाइ (देवता) घरमा नाग निश्किएपछि स्थानियहरु अचम्ममा परेका छन् ।

विशेष गरी श्रावण महिनालाई शिवको महिना मानिन्छ ,त्यसमा पनि सोमवारका दिन शिव भगवानको विशेष पूजापाठ गरिन्छ । सोमवारकै दिन नाग देवता देखापरेपछि देवता भन्दै स्थानियहरुले पूजापाठ गर्न सुरु गरिएको छ ।
सोमवार बिहान स्थानिय श्याम मडरको घरमा नाग देवताले दर्शन दिएको र नागलाई गोसाई घरबाट बाहिर निकालेर घर अगाडि रहेको शिव मन्दिरमा राखिएको स्थानियले बताएका छन् ।
अहिले त्यहाँ ठुलो भिड लाग्ने गरेको बताइएको छ । तर पहिलो सोमवार भएकाले भगवान शिवको गहनाको रुपमा नाग देवताले दर्शन दिएको स्थानियहरु बताउछन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page