स्वास्थ्य

आज ७ सय ४३ जनामा संक्रमण पुष्टि ; ९ सय ५२ जना सङ्क्रमणमुक्त

काठमाडौं । नेपालमा आज थप ७४३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यो सँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ५५ हजार ९७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर ९ सय ५२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।  यो सँगै हालसम्म नेपालमा संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ४६ हजार ६ सय ६१ जना पुगेको छ ।

आज थप ५ जनाको मृत्यु भए सँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ८ सय ३ पुगेको छ ।
हालसम्म १८ लाख ९० हजार ७४० जनाको पीसीआर परीक्षण गरिएको छ । हाल सात हजार ५१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page