उत्सव आचार्य
सप्तरी, ११ पुष । सप्तरीको कञ्चनरुप नगरपालिका सामाजिक विकाश शाखा महिला तथा बालबालिका उप–शाखाले आज दुई दिने लैङ्गिक हिंसा बिरुद्धको अभियान अन्तर्गत नगर सभा सदस्यहरुलाई परम्परागत हानिकारक अभ्यास बारे सचेतनामूलक अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
सहभागि नगर सभाका सदस्यहरुले हातेमाले गर्दै घरैबाट लैङ्गिक हिंसा अन्त्य गरी समाजलाई रुपान्तरण गर्ने अभियानमा लाग्ने प्रतिबद्धता जनाउँदै दुई दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको थियो ।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले जनप्रतिनिधि र स्थानिय सरकारले लैङ्गिक हिंसा अन्त्य गर्ने अभियान चलाई वडा वडालाई लैङ्गिक हिंसा मुक्त वडा बनाई नगरलाई लैङ्गिक हिंसा मुक्त बनाउँने अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने बताउँनु भयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2020/12/PhotoMixerUWP_12-26-2020_72808_PM-1024x576.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2020/12/PhotoMixerUWP_12-26-2020_72808_PM-1024x576.png)
नगर प्रवक्ता एवं वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साहले घर परिवार र समाजमा परम्परागत रुपमा रहेको विकृतिलाई अन्त्य गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँनु भयो ।
नगर सल्लाहकार खिलानाथ पोखरेल , नगर प्रेस सल्लाहकार उत्तम आचार्य, वडा सदस्य संजय पासवान लगायतका वक्ताहरुले मदिरा सेवन, दहेज प्रथा, बोक्सि प्रथा र बालविवाह जस्ता कारणले गर्दा तराई मधेषमा बढी मात्रामा लैङ्गिक हिंसा हुने भएकाले त्यसबाट मानिसलाई पर्ने असरका बारेमा हरेक नागरीकलाई बुझाउन सकियो भने लैङ्गिक हिंसा अवश्य न्यूनिकरण भएर जाने बताउँनु भएको थियो ।
अभिमूखिकरण कार्यक्रममा कानुन व्यवसायी रामप्रसाद गौतम, गोविन्द अधिकारी, सामाजिक विकास शाखा महिला तथा बालबालिका उप शाखाकी महिला विकास अधिकृत सुशीला कुमारी चौधरी र भावना घिमिरेले सहजीकरण गर्नुभएको थियो भने नगर प्रमुख बसन्तकुमार मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment