मधेस प्रदेश समाचार

सप्तरीमा ०७६ पुष १७ गतेदेखि ०७७ पुस १३ गतेसम्म इन्सेकमा १३० घटना अभिलेख

सप्तरी , १४ पुष ।

मानवअधिकार वर्षपुस्तकको पूर्व समीक्षा तथा जिल्लाको मानवअधिकारको अवस्था
सप्तरीमा २०२० जनवरीदेखि डिसेम्बरसम्म अर्थात ०७६ पुष १७ गतेदेखि ०७७ पुस १३ गतेसम्म इन्सेकमा १३० घटना अभिलेख भएको छ ।
यो वर्ष गैरराज्यबाट ४ ओटा हत्याका घटनामा २ ज्येष्ठ नागरिक, एक दलितसहित चार पुरुषको हत्या भयो । जसमा १८ जना आरोपित रहे । आरोपितमध्ये ६ जना थुनामा छन् भने १२ जना गिरफ्तार भएनन् । यो अवधिमा १ ज्येष्ठ नागरिकको हत्या प्रयासको घटना भयो । आरोपित युवक जिम्मा जमानीमा रिहा भए ।
बालक हत्याको ३ ओटा उजुरी परेकोमा २ ओटा उजुरी दर्ता भएन । एक घटनामा १ जना पुर्पक्षका लागि थुनामा र २ बालक जमानीमा रिहा भए ।
महिला हत्याको ४ घटनामा ३१, ४०, ४७ र ५५ वर्षीया महिला पीडित भइन् । घटनामा २१ देखि ६० वर्षका २० जना आरोपित रहे । आरोपितमध्ये ४ जना थुनामा छन्, ३ जना साधारण तारेखमा रिहा भए भने ४ जना हालै गिरफ्तार भए । हत्या प्रयासका ३ घटनामा ३०, २४ र २० वर्षीया महिला पीडित भइन् । २७ देखि ५५ वर्षीय ६ जना आरोपितमध्ये २ जना पुर्पक्षका लागि थुनामा छन् ।
महिला बलात्कारका १० घटनामा १८ देखि ३५ वर्षीया १० महिला पीडित भइन् । एक सामुहिक बलात्कारसहित १० बलात्कारको घटनामा १९ देखि ३५ वर्षीय १२ जना आरोपितहरु छन् । जसमा ५ जना थुनामा र ६ जना फरार छन् । एउटा घटनामा गाउँमै सहमति भयो ।
महिला बलात्कार प्रयासका ११ ओटा घटनामा १९ देखि ५६ वर्षीया महिला पीडित भइन् । यसमा १९ देखि ५२ वर्षीय १३ जना आरोपित रहे । जसमा १ जना थुनामा, २ जना धरौटीमा, २ जना साधारण तारेखमा र १ जना जमानीमा रिहा भए भने ६ जना फरार छन् । एउटा उजुरी दर्ता भएन् ।
अमानविय व्यवहारको ३ घटनामा ३२, ३५ र ३५ वर्षीया महिला पीडित भएको उजुरी प¥यो । आरोपितहरु २२ देखि ६५ वर्षीय ११ जना रहे । उजुरीमध्ये २ ओटा दर्ता भएन भने दर्ता भएको एउटा घटनाका ३ जना आरोपित हालसम्म गिरफ्तार भएनन् ।
बहुविवाहको ११ घटनामा २० देखि ४१ वर्षीया महिला पीडित बने । आरोपितमध्ये २ जना कैदमा, २ जना थुनामा, ८ जना धरौटीमा, २ जना जमानीमा र १ जना साधारण तारखेमा रिहा भए । अन्य ५ जनाविरुद्ध म्यादी पुर्जी र २ जनाविरुद्ध पक्राउ पुर्जी जारी भयो । गर्भपतनको १ घटनामा एक पुरुष धरौटीमा रिहा भए ।
बालिका बलात्कारको २६ घटनामा ४ देखि १७ वर्षीया २६ जना बालिका पीडित भइन् । जसमा १ बालिकाले आत्महत्या गरिन । पीडितमध्ये ३ जना अपाङ्गता भएकी बालिका छिन् । आरोपित ७ वर्षदेखि ४५ वर्षका ३४ जना छन् । आरोपितमध्ये १६ जना पुर्पक्षका लागि थुनामा र १ बालक बालसुधार गृहमा छन् भने ७ र ८ वर्षीय २ बालकमाथि मुद्दा चल्न नसकेर अभिभावकको जिम्मा लगाइएको छ । १ जना धरौटीमा रिहा भएका छन् । आरोपितमध्ये १ जना अपरिचित र १ जना बालिकाका बुवा समेत १४ जना गिरफ्तार भएका छैनन् ।
बाल यौन दुव्र्यवहारका ११ घटनामा ७ देखि १७ वर्षीया १२ बालिका पीडित भइन् । आरोपितमा १८ देखि ७६ वर्षीय २१ जना छन् । जसमा २ जना पुर्पक्षका लागि थुनामा छन्, ७ जना धरौटीमा रिहा भएका छन्, २ जना हालै गिरफ्तार भएका छन भने १० जना फरार छन् ।
यो अवधिमा एक ५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपित २० वर्षीय आरोपित गिरफ्तार भएका छैनन् । बालविवाहका ५ घटना जनप्रतिनिधी, प्रहरी, इन्सेक, बाल सञ्जाल र गाउँलेको पहलमा रोकिएको छ भने एउटा बाल तथा बहुविवाहको आरोपित २ जना फरार छन् ।
बालिका बेचविखनका २ घटनामा १५, १४ र १३ वर्षीया बालिका पीडित भइन् । आरोपितमध्ये ४२ वर्षीया पुर्पक्षका लागि थुनामा र १६ वर्षीय बालसुधार गृहमा छन् । अन्य ४५, १९ र १८ वर्षीय पुरुष हालसम्म गिरफ्तार भएका छैनन् । ५ बालकलाई कुटपिट गरेको एक घटनाका आरोपित बिद्यालयका निर्देशकमाथि कुनै कारवाही भएन् ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी १ महिला र १ पुरुष कार्यकर्ता ११ दिनसम्म गैरकानुनी थुनामा रहे । एक ठाउँमा भएको नाकाबन्दीका कारण ५० घरधुरी दलित परिवार हिँड्दै आएको बस्ती जोड्ने गाउँ ब्लकमा रहेको बाटो अवरुद्ध बन्यो ।
कोभिड–१९ नियन्त्रणका नाममा राज्यबाट ६ ओटा कुटपिट र दुव्र्यवहारका घटना भए । जसमा १८ जना पीडित बने । चार ओटा घटनाको उजुरी परेन भने २ घटनाका आरोपित २ प्रहरी र १ सशस्त्र प्रहरीमाथि कारवाही भयो ।
गैरराज्यबाट भएको १२ ओटा कुटपिट÷दुव्र्यवहारको घटनाबाट २३ जना घाइते भए । घाइते हुने पीडितमा १ नगर प्रमुख, १ वडा अध्यक्ष, १ वडा सदस्य, १ स्वास्थ्यकर्मी, २ पत्रकार, २ प्रधानाध्यापक र ३ प्रहरीलगायत छन् । १२ ओटा कुटपिट÷दुव्र्यवहारको घटनामध्ये १० ओटा घटनामा ३५ जना आरोपित र २ घटनामा गाउँलेहरुको संलग्नता रह्यो । आरोपितमध्ये ५ जना जमानीमा र ५ जना धरौटी राखी पुर्पक्षका लागि रिहा भए । ३ ओटा घटनामा सहमति भयो, २ ओटा उजुरी दर्ता भएन भने ३ ओटा घटनाका आरोपित गिरफ्तार भएनन् । दोहोरो झडपका २ ओटा घटनामा ३८ जना घाइते भए । जसमा १ घटनामा सहमति भयो अर्को घटनामा जिल्ला अदालतमा कुटपिटको उजुरी दर्ता भएको छ ।
सन् २०२० मा इन्सेकले जिल्लामा घटेका ६ ओटा घरेलु ंिहसाको घटना अभिलेख गरेको छ । ६ ओटा घटनामा २० देखि ३५ वर्षीया महिला पीडित भइन् । आरोपितहरुमा पति, सासु, ससुरा, दाजु, देवर, जेठानी, नन्द आदि १३ जना रहे । घरेलु हिंसाको तीनओटा घटनामा सहमति भयो । आरोपितमध्ये ३ जनाविरुद्ध अदालतले संरक्षणात्मक आदेश जारी गरेको छ, २ जनालाई म्यादी पुर्जी जारी गरेको छ भने ३ जना धरौटीमा रिहा भएका छन् ।
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारअन्तर्गत यो वर्ष ४ ओटा घटना अभिलेख भएको छ । चार घटनामा दलित मुसहर समुदायको १४ घर, क्याम्पसको कुर्सी, जन्ती हिंडेको मोटरसाइकल र राजविराज नगरपालिकाको टिपरको सिसामा क्षति पुगेको छ ।

वार्षिक प्रतिवेदन प्रस्तोता

इन्सेक प्रतिनिधी मनोहर पोखरेल

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page