मधेस प्रदेश समाज

दोस्रो चरणमा दुई सय अति विपन्न परिवारलाई सिरक वितरण

कञ्चनरुप , १५ पुष ।

सप्तरीको कञ्चनरुप नगरपालिकाले आज दुई सय अति विपन्न परिवारलाई सिरक वितरण गरेको छ ।
अति विपन्नता भएका परिवालई छनोट गरी दोस्रो चरण अन्र्तगत नगरपालिकाको वडा नम्बर ५ र ७ का अति विपन्न परिवारलाई सिरक वितरण गरिएको हो ।
उक्त अवसरमा नगर प्रमुख बसन्त कुमार मिश्रले अति विपन्न परिवारलाई चिसोबाट जोगाउनका लागि सिरक वितरण गरिएको बताउँनुभयो ।
साथै क्रमश अन्य वडामा पनि सिरक वितरण गर्ने तयारी गरिरहेको नगर प्रमु मिश्रले जानकारी दिनुभयो ।
सिरक वितरण कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष कैलाश कुमार साह ,वडा नम्बर ७ का वडा अध्यक्ष हरीकृष्ण महतो ,सञ्चारकर्मी ,बुद्धिजीवि, स्थानीय लगायतको उपस्थित रहेको थियो ।
यस अघि पहिलो चरणमा नगरपालिकाको वडा नम्बर १२ मा एक सय अति विपन्न परिवारलाई सिरक वितरण गरिएको थियो ।
नगरपालिकाले जाडोबाट बच्न सिरक वितरण गरेपछि नगरबासीहरू पनि उत्साहित भएका थिए ।

https://www.facebook.com/KRNewsPortal

/

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page