समाज

स्याङ्जाबाट दुई केजी गाँजा सहित एक जना पक्राउ

स्याङ्जा, १४ पुष । स्याङ्जाबाट प्रहरीले दुई केजी गाँजा सहित एक जना मानिसलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर ३ काफलडाँडा स्थितमा बारा बेनौली गाउँपालिका २ स्थायी वतन भएका २० वर्षीय मिर हसन अन्सारीलेलाई पक्राउ गरेको हो ।
उनको साथबाट प्लास्टीकको बोरामा बोकी हिडेको अवस्थामा २ केजी गाँजा फेला परेको हो ।
अन्सारीलाई पक्राउ तथा बरामद गरी लागुऔषध मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page