मधेस प्रदेश समाचार

अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा गाउँ प्रहरी भर्ना प्रक्रिया शुरु

बृजमान तामाङ /
बिरेन्द्र बजार, १६ पुस ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा ६ जना गाउँ प्रहरी भर्ना हुने भएको छ । गाउँपालिकाले स्थानीय सरकार संचालन ऎन २०७४ को परिच्छेद ३ दफा २ उपदफा १ (क) बमोजिम गाउँ प्रहरी भर्ना प्रक्रिया शुरु गरेको हो ।
गाउँपालिकाद्वारा २ महिला सहित ६ जना गाउँ प्रहरी भर्नाका लागि गरिएको विज्ञापनमा ८ महिला सहित ४४ जनाले आवेदन दिएका छ्न् । आवेदक मध्येबाट ४ महिला सहित २१ जनाको सर्टलिष्ट गाउँपालिकाले निकालेको छ । सर्टलिष्टमा परेकाहरूलाई बुधबार ब्यारिङ्ग चेक गरिएको छ ।
ईलाका प्रहरी कार्यालय महुलीका प्रहरीले गाउँ प्रहरी भर्नामा छनौट भएकाहरूलाई जाँच गराएका छ्न् । पहिलो चरणमा २ जना महिला सहित ४ जना पुरुषको गाउँ प्रहरीमा भर्ना गरिने गाउँपालिका उपाध्यक्ष मिना चौधरीले जानकारी दिनुभयो ।
गाउँपालिकाले स्थानिय सरकार संचालन ऎन २०७४ को परिच्छेद ३ दफा २ उपदफा १ (क) बमोजिम गाउँ प्रहरी भर्ना गरेको गाउँ पालिका अध्यक्ष पर्शुराम चौधरीले बताउनुभयो । प्रहरी भर्ना संगै गाउँपालिकामा शान्ती सुरक्षा कायम गर्नुको साथै कामकाजमा समेत सहज हुने अध्यक्ष चौधरीले विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय सरकार संचालन ऎन २०७४ बमोजिम १० जना सम्म प्रहरी भर्ती गर्न पाउने अधिकार भएपनी पहिलो प्रयास स्वरुप प्रथम चरणमा ६ जना गाउँ प्रहरी भर्ती गर्ने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
आवश्यकता अनुसार निजि श्रोतसाधानले अन्य १० भन्दा बढी गाउँप्रहरी नियुक्त गर्न सक्ने अध्यक्ष चौधरीले बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page