समाचार

कञ्चनरुपद्वारा ट्राफिक प्रहरी कार्यलय कंचनपुरलाई पाँच थान डमी हस्तान्तरण

कञ्चनरुप , १७ पुष । सप्तरीको कञ्चनरुप नगरपालिकाले ट्राफिक प्रहरी कार्यलय कंचनपुरलाई डमी हस्तान्तरण गरेको छ ।
डमी हस्तान्तरण गर्दै नगर प्रमुख बसन्त कुमार मिश्रले नगरभित्र दुर्घटनालाई न्यूनिकरण गर्न मनोवैज्ञानिक प्रभाव परोस भनेर नगरपालिकाले सहयोग गरी पाँच थान ट्राफिक डमी हस्तान्तरण गरिएको जानकारी गराउँनुभयो ।
ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले ट्राफिक प्रहरीको जनशक्ति कम रहेको अवस्थामा ट्राफिक डमीले दुर्घटना न्यूनिकरण गर्न ठुलो टेवा पुग्ने बताउनुभयो ।
ट्राफिक प्रहरी नायव निरीक्षक (सई) सिताराम दराईले नगरपालिकाको रुपनगर चौक, बरमझिया चौक, बेरियार, कंचनपुर बजार , बलुवा चौकमा ट्राफिक डमी राखिने र ७ वटा ट्राफिक डमी अझै अपुग हुने जानकारी गराउँदै एक थान ट्राफिक डमी १८ हजार मूल्य परेको र ५ थानको भ्याट सहित एक लाख एक हजार सात सय रुपैयाँ परेको जानकारी गराउनु भयो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाले ट्राफिक डमी राखिएको ठाउँमा नगरपालिकाले चाँडै सिसि क्यामेरा समेत जडान गर्ने तयारीमा रहेको बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page