अर्थतन्त्र

धर्मेश्वर महादेव धारापानी पर्यटकिय क्षेत्र आन्तरीक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै

कञ्चनरुप , २०७७ पुष १८ गते। आन्तरीक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै सप्तरीको कञ्चनरुप नगरपालिका –१२ धरमपुर स्थित रहेको धर्मेश्वर महादेव धारापानी पर्यटकिय क्षेत्र ।
पूर्व पश्चिम लोकमार्गको सिमरा चौकबाट १ किलो मिटर उत्तर चुरे जंगलको फेदिमा रहेको धर्मेश्वर महादेव धारापानी पर्यटकिय क्षेत्र चारैतिर हरियाली वन, कहिल्यै नसुक्ने धारा , धर्मेश्वर महादेवको मन्दिर, तिरतिरे धारा, परेवा भिर , सहलेश पिडिया, कुन्तामाई थान , दोभान , पिक्निक स्पोर्ट , पार्क र सामुदायिक भवन रहेकै कारणले गर्दा पनि आन्तरीक तथा बाह्य पर्यटकको रोजाइमा परेको हो ।
पुरातत्व विभागले निमार्ण गरिदिएको धर्मेश्वर महादेवको मन्दिरले गर्दा पनि यस ठाउँको आकर्षण बढेर गएको हो । यस पर्यटन क्षेत्रमा वैशाख देखि दैनिक रुपमा पाँच देखि दश ग्रुप वनभोज खान आउने र हिजो शुक्रबार जनवरी १ मा २ सय ३५ ग्रुप वनभोज खान आएको पर्यटन क्षेत्रका अध्यक्ष लिल बहादुर मगरले बताउनु भयो ।

शान्त वातावरण , रमणीय ठाउँ भएका कारणले गर्दा पनि दशैं तिहार सकिएसँगै फागुन महिनासम्म बढी मात्रामा आन्तरीक तथा बाह्य पर्यटकहरु यस ठाउँमा वनभोज खान आउँने गरेको अध्यक्ष मगर बताउनु हुन्छ ।
यस ठाउँमा नेपाल भित्रका तथा भारतको विहार राज्यबाट बढीमात्रामा वनभोज खान र भगवान् शिवको दर्शन गर्न आउने गरेको वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्री बताउनु हुन्छ ।
यस ठाउँ राम्रो छ भनेर सुनेको थिए आएर हेर्दा सबै थोकको सुविधा सम्पन्न रमणीय स्थान रहेको पुकार कम्पनी भैरवाका प्रतिनिधि दिलीप कार्की बताउनु हुन्छ ।
यस पर्यटकिय क्षेत्र सरसफाइ तथा मर्मत सम्भारका लागि सवारी साधन हेरी रु १० देखि १ सय ५० सम्म प्रवेश शुल्क लाग्ने गर्दछ ।
त्यहाँको आकर्षणलाई अझ राम्रो बनाउन ताल बनाउने र स्टलहरु निर्माण गरी यस पर्यटकिय क्षेत्रलाई नमूना बनाउने अभियान नगरपालिकाको रहेको नगर प्रमुख बसन्त कुमार मिश्र बताउनु हुन्छ ।
यस ठाउँमा १२ फिट अग्लो हनुमानको मूर्ति यसै आर्थिक वर्षमा निर्माण गरिने र राजमार्ग देखि यर्पटकिय क्षेत्रसम्म रहेको बाटो कालो पत्रे गर्ने योजना समेत रहेको नगर उपप्रमुख निरु पोखरेलले बताउनुभयो ।
पर्यटकलाई सुविधा होस् भनेर शौचालय निर्माण र धाराको समेत व्यवस्था गरेको पोखरेलले बताउनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page