गण्डकी प्रदेश समाचार

प्रदेश प्रहरी प्रमुख अर्यालद्वारा प्रदेश सशस्त्र प्रहरी गण पोखराको निरीक्षण

पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले आज गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई समायनुकुल प्रहरी सेवा प्रवाहका लागि तयारी अवस्थामा रहने विषयमा निर्देशन समेत गर्नुभएको छ ।

निरीक्षणको क्रममा उक्त कार्यालयमा पुग्नुभएका प्रहरी नायव महानिरीक्षक अर्यालले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु, कार्यालयका विभिन्न शाखा, मेष, ब्यारेक लगायतको निरीक्षण गर्नुभएको छ । निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक अर्यालले देशको परिस्थिति अनुरुप आईपर्न सक्ने जस्तोसुकै आरोह अवरोहहरुलाई समाना गर्न प्रहरी सदैव अग्रपंक्तिमा रहने संगठन भएकाले प्रत्येक प्रहरी कर्मचारी शारीरिक तथा मानसिक रुपमा तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।

त्यस्तै प्रहरी सेवा प्रवाहका विषयमा बोल्दै प्रहरी नायव महानिरीक्षक अर्यालले प्रहरी सेवा प्रवाह गर्दा जनतालाई नै केन्द्रविन्दुमा राखी जनगुनासोहरुको सम्बोधन गर्दा उच्च सम्मान र आचरणयुक्त व्यवहार गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको छ ।

गण्डकी प्रदेश सशस्त्र प्रहरी गण प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र जि.सी.ले प्रहरी नायव महानिरीक्षक अर्याल समक्ष प्रहरी कार्यका विविध विषय समेटिएको प्रस्तुतीकरण मार्फत जानकारी गराउनु भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page