गण्डकी प्रदेश राजनीति

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङद्वारा पदभार ग्रहण

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज (सोमवार) पदभार ग्रहण गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा साउन १२ गते गण्डकी प्रदेशको प्रमुखमा नियुक्त हुनुभएका गुरुङले पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्दै प्रदेश प्रमुख गुरुङले संविधानको पूर्ण पालना गर्दै सङ्घीय लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्ने आफूहरूको प्रमुख दायित्व भएको बताउँदै उहाँले संविधानले निर्दिष्ट गरेका कार्य अक्षरश पालना गर्ने बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page