गण्डकी प्रदेश समाचार

नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुलाई शान्ति सुरक्षा र सहकार्यको विषयमा प्रशिक्षण

पोखरा, २८ मंसिर । नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुलाई शान्ति सुरक्षा र सहकार्यको विषयमा प्रशिक्षण सम्पन्न भएको छ ।
नेपाली सेनाको श्री नेपाली सैनिक वार कलेजमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमका शिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको हो ।
प्रशिक्षणको क्रममा आउनुभएका शिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै नेपाली सेना र नेपाल प्रहरीको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ ।

प्रशिक्षण पश्चात शिक्षार्थीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी प्रमुख दिवेश लोहनीले समाजमा शान्ति, सुरक्षा कायम गर्न नेपाली सेना र नेपाल प्रहरीको सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो ।
उक्त प्रशिक्षण कार्यक्रममा नेपाली सेनाका १६ जना शिक्षार्थी अधिकृत तथा तालिम शिक्षकको उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page