उदयपुर । उदयपुरको कटारी नगरपालिका–२ स्थित चुरे जंगल क्षेत्रमा एउटा भालु मृत अवस्थामा फेला परेको छ ।
चुरे पहाडको ढिस्को नजिकैबाट विस्तार भएको विद्युत लाइनमा करेन्ट लागेर भालु मरेको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय त्रिवेणी कटारीका सहायक वन अधिकृत हिरालाल शर्माले जानकारी दिनुभयो ।
सिरहाको मिर्चैयाबाट कटारीतर्फको विद्युत हाइ टेन्सन लाइनमा करेन्ट लागेर भालुको मृत्यु भएको हो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment