शिक्षा स्वास्थ्य

राजविराजमा बालविवाह र लैङ्गिक हिंसा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

राजविराज , २०७७ पुस २३ गते । राजविराजमा आज बिहीबार बालविवाह र लैङ्गिक हिंसा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बालअधिकार चेतना समूहको कार्ययोजना अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नम्बर २ जनकपुरधामले पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
अभिुमखिकरणमा बालविवाहका कारण, असर र न्यूनीकरणका विषयका साथै लैङ्गिक हिंसाका विषयमा प्रशिक्षण दिइएको थियो ।
सानो उमेरमा विवाह गर्दा स्वास्थ्यमा असर पर्ने, पारिवारिक हिंसा बढने, सन्तान जन्माउन नसक्दा सुत्केरीको ज्यान जोखिममा पर्ने, दिर्घरोगी हुने, यौन दुव्र्यवहारमा पर्ने हुदा सो विषयमा सबैलाई सुसुचित गराउन किशोरकिशोरीहरु प्रतिबद्ध भएका छन् ।


कार्यक्रममा सहजकर्ता इन्सेक प्रतिनिधी मनोहर पोखरेलले हिंसा र दुव्र्यवहारबाट जोगिने उपायका साथै हिंसाविरुद्ध प्रतिकार र उजुरी गर्ने निकायका बारेमा जानकारी गराउनु भयो । राजविराज नगरपालिकालाई बालमैत्री नगर बनाउन र बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीतिअनुसार सन् २०३० सम्म बालविवाह मुक्त राष्ट्र बनाउन किशोरकिशोरीको क्षमता अभिवद्धि गर्न कार्यक्रम गरिएको इन्सेकले जनाएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रमअन्तर्गत अभियानलाई सशक्त बनाउनु पर्ने आवश्यक्तामाथि मानवअधिकार निगरानी समूहका अध्यक्ष रघुबर साहले जोड दिनुभयो ।
कार्यक्रममा कक्षा ८ र ९ का ८६ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page