खेलकुद

सन्दीपको होबार्ट र सिड्नीको म्याच आज ;नेपाली समय अनुसार दिउँसो १२ः५५ बजेदेखि सुरु

काठमाडौं । अष्ट्रेलियामा जारी बिस बास लिग (बीबीएल) अन्तर्गत ३१ औँ म्याचमा आज होबार्ट हरिकेन्स र सिड्नी थन्डर भिड्दैछन्। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो १२ः५५ बजेदेखि सुरु हुनेछ।
पीटर ह्यान्सकम्बको कप्तानीमा रहेको होबार्टको यो नवौँ म्याच हुनेछ। होबार्टले जारी सिजनमा आठ म्याच खेलिसकेको छ । जसमा उसले पाँचमा जित र तीन खेलमा हारको सामना गरेको छ। होबार्टले १८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।
म्याथ्यू वेडको अनुपस्थितिमा होबार्टको कप्तानी ह्यान्सकम्बले गरिरहेका छन्।
सिड्नी थन्डरले सात म्याच खेलिसकेको छ। जसमा पाँचमा जित र दुई खेलमा हार ब्यहोरेको छ। १९ अंकका साथ सिड्नी तालिकाको दोस्रो स्थानमा छ। दोस्रो र तेस्रो स्थानमा रहेका यी दुई टोलीबीचको खेल निकै रोमाञ्चक हुने आँकलन गरिएको छ।
होबार्टमा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछाने पहिलो म्याचमा दुई विकेट लिए भने दोस्रोमा एक विकेट लिए। सन्दीपले पहिलो र दोस्रो म्याचमा ४–४ ओभर बलिङ गर्दै क्रमशः ३८ र ३६ रन खर्चिए।

नेपाली लेगस्पिनर सन्दीप लामिछाने
   

Add Comment

Click here to post a comment

You cannot copy content of this page